टी-२० अन्तर्राष्ट्रियमा सन्दीपले बनाए नयाँ रेकर्ड
काठमाडौं । लेग स्पीनर सन्दीप लामिछाने टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक विकेट लिने बलर बनेका छन् । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा मंगलबार नेदरल्याण्ड्सविरुद्ध ४ विकेट लिँदै सन्दीपले विकेट संख्या ४२ पुर्याएका छन् ।
नेदरल्याण्ड्सविरुद्ध खेल्नुअघि करण केसीको ४० विकेट थियो भने सन्दीपको ३८ विकेट थियो । सन्दीपले ४ विकेट लिँदा करणले १ विकेट मात्र लिए । सन् २०१८ मा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सन्दीपले २३ खेल खेल्दै ४२ विकेट लिएका हुन् । सन्दीपको उत्कृष्ट प्रदर्शन ४/२० हो ।
नेदरल्याण्ड्सविरुद्ध उनले नेपालका लागि सर्वाधिक ४ विकेट लिए पनि महँगा सावित भए । उनले ४ ओभरमा ४८ रन खर्चे । नेपालले पहिले ब्याटिङ गर्दै २०६ रन बनाएपछि नेदरल्याण्ड्सले २०७ को लक्ष्य ३ बल अगावै ७ विकेट गुमाएर पूरा गरेको थियो ।
सन् २०१५ मा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका करणले ३१ खेल खेल्दै ४१ विकेट लिएका हुन् । करणको उत्कृष्ट प्रदर्शन ४/१७ हो । यस्तै नेपालले खेलेको पहिलो टी-२० देखि अहिलेसम्म खेलिरहेका मध्ये सोमपाल कामीले ३१ खेल खेल्दै २८ विकेट लिएका छन् ।
मंगलबार उनले नेदरल्याण्ड्सविरुद्ध कुनै विकेट लिन सकेनन् । नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय खेल्दै बलिङ गरेका मध्ये शरद भेषवाकर र रासिद खानले मात्र विकेट लिन सकेका छैनन् ।
ब्याटिङ तर्फ भने टी-२० अन्तर्राष्ट्रियमा पारस खड्काले सर्वाधिक ७९९ रन बनाएका छन् । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ५९९ रन बनाएका छन् । करण केसीले १८३ र सन्दीप लामिछानेले २० रन बनाएका छन् ।
सम्बन्धित समाचार
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

