डेब्यू शृंखलामै कुशलको चौथो अर्धशतक
जानकारी केन्द्र
२०७८, बैशाख, ११
त्रिवि क्रिकेट मैदानमा चलिरहेको नेपाल, नेदरल्यान्ड्स र मलेसियाको त्रिदेशीय शृंखलामै कुशलले डेब्यू गरेका थिए। उनले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६२ रन बनाएका थिए। जसमा उनले ५ छक्का र ५ चौका प्रहार गरेका थिए। उनी डेब्यू खेलमै ‘प्लेयर अफ द म्याच’ भएका थिए। त्यस्तै, मलेसियासँगको दोस्रो खेलमा पनि उनले अर्धशतक हानेका थिए। उनले ४१ बल खेल्दै ६१ रन प्रहार गरेका थिए। जसमा उनका ५ छक्का र ३ चोका थिए।
यसैगरी त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६२ रन बनाएका थिए। ४६ बल खेलेका उनले १ छक्का र ८ चौका प्रहार गरेका थिए। यो शृंखलाको चौथो खेलमा मलेसियाविरुद्ध १६ रनमा आउट भएका उनले आज नेदरल्यान्ड्सविरुद्धको खेलमा अर्धशतक प्रहार गर्न पुगेका हुन्। आजको फाइनल खेलमा उनले ५३ बलमा ७७ रन बनाएका हुन्। जसमा उनका ३ छक्का र ८ चौका समावेश छन्।
सम्बन्धित समाचार
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

