Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

आजदेखि यी केन्द्रबाट लगाउन सकिनेछ चिनियाँ खोपको पहिलो मात्रा

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, बैशाख, १२
आजदेखि यी केन्द्रबाट लगाउन सकिनेछ चिनियाँ खोपको पहिलो मात्रा

काठमाडौं । चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउनका लागि आज (आइतबार) तीन खोप केन्द्र तय गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले आज निजामति अस्पताल मिनभवन, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा मात्र चिनियाँ खोप लगाइने जनाएको छ ।

तर भोलि (सोमबार) बाट भने परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगल र हिमाल अस्पताल ज्ञानेश्वरमा खोप लगाउन सकिने बताइएको छ ।

त्यसैगरी, वीर अस्पताल महाबौद्ध, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन सकिने बताइएको छ ।

सरकारले चिनसँग व्यापार गर्ने नेपाली नागरिक तथा सवारी चालक, सहचालकसँगै अन्य अत्यावश्यकीय सेवा क्षेत्रमा लागेका व्यक्तिलाई चिनियाँ खाेप दिँदै छ । त्यसैगरी प्राथमिकताका आधारमा उमेर समूह ताेकेर पनि सरकारले खाेपकाे व्यवस्था गरेकाे छ ।

Top Changing Nepal

युट्युब सट्स