काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली र उच्च पहाडी भू-भागमा मौसम बदली भए पनि बाँकी स्थानमा सफा रहने छ । सोमबार बिहान देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसविद वरुण पौडेलले जानकारी दिए। उनका अनुसार सोमबार राति प्रदेश १, प्रदेश २ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली हुने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलब ५ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो बढेर ३२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
आज कस्तो रहला देशभरको मौसम ?
आज कस्तो रहला देशभरको मौसम ?
तपाईको प्रतिक्रिया