एमाले एकताको लागि नेताहरुको दौडधुप
१८ साउन । नेकपा (एमाले) को एकताको लागि दोस्रो पुस्ताका नेताहरुको सक्रियता बढेको छ । अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी एकताको लागि धेरै समय पर्खने नसक्ने बताएका छन् । उनले हिजो नेताहरुको विशेष आग्रहका कारण स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे बस्नेगरि स्थगित् गरेका थिए । तर, आजको बैठक भने कुनैपनि हालतमा नरोक्ने उनको अडान छ ।
आज विहान पार्टी एकताको लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सम्वाद गराउने भन्दै नेताहरुको दौडधुप भएको छ । अध्यक्ष ओलीसँग विष्णु पौडेल र सुवास नेम्वाङले छुट्टाछुट्टै भेटवार्ता गरे भने भीम रावलले माधव नेपालसँग भेटवार्ता गरेका छन् । त्यस्तै, दुवै पक्षका दोस्रो पुस्ताका नेताहरु पनि एकताको लागि निर्णायक पहलमा जुटेका छन् ।
वरिष्ठ नेता नेपालले पनि अब कसरी अघि बढ्ने भन्नेबारे वारपार गर्न आफू पक्षधर स्थायी कमिटी सदस्यहरुको स्थायी कमिटी बैठक राखेका छन् । अध्यक्ष ओलीले ३ बजेको लागि स्थायी कमिटी बैठक राखेपछि उनले २ बजे नै आफ्नो समूहको बैठक राखेका छन् । एमालेनिकट स्रोतकाअनुसार आज एमालेको विवाद समाधानको लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी छ ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


