काभ्रेको बनेपा बजार डुबानमा
काठमाडौँ : काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । गएरातिको वर्षा र बाढीले सोमबार बिहान पुल बजार क्षेत्र डुबानमा परेको हो । वरपरका घर-पसल जलमग्न भएका छन् । पैदलयात्रु र सवारी साधनसमेत पार गर्न समस्या छ । पुण्यमाता खोलाको बाढीले राति तीन बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बनेपाको परिसर क्षेत्रसम्मै बाढी पुगेको छ । पुण्यमाता खोलाको बाढीले पुल बजार क्षेत्रमा हरेक वर्ष हुने डुबानको समस्या हुन्छ । तर डुबानको समस्या समाधान नहुँदा यहाँका बासिन्दा समस्यामा पर्दै आएका छन् । पुल बजार क्षेत्रमा साना गाडीहरु डुब्ने गरी पानी जम्मा हुन्छ । त्यो भल पार गर्न पानीको सतह कम नभइन्जेल कुरेर बस्नुपर्ने बाध्यता छ । अतिक्रमणको कारण खोला साँघुरो छ । अलि ठूलो पानी पर्नासाथ पानी ओभरफ्लो भएर सडक पूरै ढाक्छ । बनेपा बजारमै गाडी डुबाउने भल पार गर्दै गन्तव्यमा पुग्नुपर्ने बाध्यता हरेक वर्ष आइलाग्छ । तर यो समस्याको दीर्घकालीन समस्याको समाधान हुन सकेको छैन ।
सम्बन्धित समाचार
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
