Jankari Kendra
१९ आश्विन २०८३, सोमबार
Worldlink

साताको तेस्रो दिन सुनको मुल्यमा वृद्धि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, मंसिर, २८
साताको तेस्रो दिन सुनको मुल्यमा वृद्धि

नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । सोमबार सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० कायम भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ३०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स