जग्गा धितोमा राखेर ऋण लिन नपाइने
काठमाडौं । अब जग्गा धितोमा राखेर ऋण लिन नपाइने जनाइएको छ ।
भुमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तिय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो वा बन्धक पारित गर्न निर्देशन दिएको छ । त्यस्तै, मन्त्रालयले राष्ट्रिय भुमि आयोग, भुमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न आदेश दिएको छ ।
यसैगरी, मन्त्रालयले जारी गरेको निर्देशनमा खेती योग्य जमिन वा कृषि योग्य नभएको, कुन प्रयोजनको लागि हो सो वर्गीकरण गर्नुपर्ने र सोही वर्गीकरणको आधारमा मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनको लागि सिफारिस गर्नुपर्ने उल्लेख छ ।
तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तिय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो वा बन्धक पारित गर्नुपर्ने निर्देशन जारी गरिएको छ । मन्त्रालयले कृषि क्षेत्रको रुपमा जग्गा वर्गिकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का नगरेपछि नयाँ निर्देशन जारी गरेको बुझिएको छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
