काठमाडौं । ‘नाडा अटो शो–२०२२’ को स्टल रजिष्ट्रेसन दुई दिनमै सकिएको छ । खासगरी, उक्त रजिष्ट्रेसन चार दिनका लागि खुल्ला गरिएको थियो ।
कोभिड–१९ संक्रमणका प्रभावले दुई वर्ष रोकिएको नाडा अटो शो आगामी भदौमा हुन लागेको हो । नाडा अटो शोप्रति अटोमोवाइल कम्पनीहरुको आकर्षणका कारण ४ दिनका लागि खोलिएको रजिष्ट्रेसन २ दिनमै सकिएको हो ।
यो वर्षको नाडा अटो शो अटोमोवाइल्स एशोसिएसन अफ नेपालले आगामी भदौ ७ देखि १२ गतेसम्म आयोजना गर्ने जनाएको छ ।
असार २ गते बिहीबार स्टलका लागि आवेदन दिएका कम्पनीहरुमाझ गोलप्रथा भएको थियो । जसको आधारमा कम्पनीलाई स्टलको छनौट र बाँडफाँड गरिएको छ । यस वर्ष पृथक तरिकाले कमर्शियल भेकलका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै दुई पाँग्रे इलेक्ट्रिक पेभिलियन पनि राखिने जानकारी दिइएको छ ।