• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० फागुन २०८२, बुधबार
२० फागुन २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

वर्ल्डलिङ्कले नयाँ १० जीबीपीएस प्रविधिमा फाईवर टु होम नेटवर्क अपग्रेड गर्दै

काठमाडौं, १५ असार । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (GPON) नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ ।

कम्पनीले आफ्नो फाईवर टु होम नेटवर्क अर्को साता देखी क्रमशः एक्सजीएस – पोन (XGS-PON) मा अपग्रेड गर्दै लैजाने जानकारी गराएको छ । नेपालमा एक्सजीएस–पोन (XGS-PON)मा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिङ्क पहिलो कम्पनी रहेको छ ।

यससँगै अब फाईवर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र अपलोड स्पिड समान दिन सकिने कम्पनीले जनाएको छ । यसअघि सेवाप्रदायकहरुले डाउनलोड स्पिडभन्दा अपलोड स्पिड थोरै दिने अवस्था थियो । विद्यमान जीपोन (GPON) नेटवर्क प्रविधिमा २.५ जीबीपीएस डाउनलिङ्‍क तथा १.२५ जीबीपीएस अपलिङ्क असममित (Asymmetric) ब्याण्डविथ भएकोले डाउनलोड समानकै अपलोड स्पिड उपलब्ध गराउन सम्भव थिएन । तर अब एक्सजीएस ( पोन प्रविधिबाट सममित (Symmetric) १० जीबीपीएस डाउनलोड स्पिड र १० जीबीपीएस अपलोड स्पिड समानरुपमा दिन सकिनेछ ।

त्यस्तै, इन्टरनेट नेटवर्कमा पोन (PON) एउटा यस्तो विन्दु (एक्सेस लोकेशन) हो, जहाँबाट इन्टरनेटको मुख्य फाईवर पूर्वाधार (प्यासिभ इन्फ्रास्ट्रक्चर) बाट विभिन्न ग्राहकहरूका लागि इन्टरनेटको फाईवर तार अलग्याएर लगिएको हुन्छ र घरको फाईवर राउटर (ONT) मा जोडिएको हुन्छ ।

जीपोनको तुलनामा नयाँ १० जीबीपीएस एक्सजीएस पोनमा अपलिङ्क ब्याण्डविथको क्षमता आठ गुणा बढी र डाउनलिङ्‍क ब्याण्डविथको क्षमता चार गुणा बढी छ , साथै पोन नेटवर्क लेटेन्सीमा (latency) पनि जीपोन को तुलनामा केहि सुधार हुनेछ । ‘सैद्धान्तिक रुपमा हरेक जीपोन पोर्टहरूबाट अहिलेको १२८ ग्राहकको तुलनामा दोब्बर सङ्ख्या २५६ ग्राहकहरूलाई इन्टरनेट कनेक्सनहरू उपलब्ध गराउन सकिनेछ,’ कम्पनीले भनेको छ, ‘साथै विद्यमान जीपोनको तुलनामा एक्सजीएसँ–पोनमा हालको एक्सेस लोकेशनबाटै धेरै टाढा रहेको ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने छ ।’ निकट भबिस्य एक्सजीएस – पोनलाई सोफ्टवेरबाट अपग्रेड गरी २५ जी पोन (25G PON) को लागि पनि आफ्नो पुर्वाधार कम्पनी नोकियासँग पनि नेपालमा बेटा परीक्षण गर्ने कुराकानी भइरहेको कम्पनीले जनाएको छ ।

यसबाट अब भविष्य मा 1 Gbps भन्दा बढी ब्याण्डविथ स्पीडमा इन्टरनेट सेवा दिन सकिने जनाइएको छ । कन्टेन्ट क्रियटर, युट्युबर, स्ट्रिमर, गेमर, भिडियो कन्फ्रेन्स जस्ता अपलिङ्क ब्याण्डविथ बडी प्रयोग गर्ने ग्राहकका लागि यो नयाँ प्रविधिले सहज हुने कम्पनीको विश्वास छ ।

साथै, हालसम्म कर्पोरेट ग्राहकलाई जीपोनबाट सेवा नदिरहेको कम्पनीले अपग्रेडपछि कर्पोरेट र होलसेल ग्राहकहलाई पनि एक्सजीएस पोनबाट पोर्ट, इन्टरनेट तथा MPLS डेटा सेवा दिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.