डीआई राख्न बन्द नगरे कारबाही
काठमान्डौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले विद्यालयमा डिसिप्लेन इन्चार्ज (डीआई) राख्न बन्द नगरे कारबाही गरिने बताएको छ। प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना र एन प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विद्यालयमा डीआई राखेर विद्यार्थीमाथि भौतिक यातना र मानसिक तनाव दिने, विद्यार्थी नै थिचिने गरी भोला बोकाउने, मादक पदार्थ सेवन गरेर विद्यालय बस चिलाउनेलगायतका विकृति अन्त्य हुनुपर्ने बताए।
अहिलेको २१औँ शताब्दीमा पनि डीआई राखेर विद्यार्थीलाई कारबाही गर्नु उचित नभएको भन्दै प्याब्सनका अध्यक्ष ढुंगानाले भने- ‘हामीले सबै विद्यालयलाई डीआई नराख्न, मापसे गरेर सवारी नचलाउन र विद्यार्थीलाई किताबको भारी नबोकाउन जानकारी गराएका छौँ। यदि डीआई राखेर विद्यार्थीलाई यातना दिएमा आचारसंहिता विपरीत हुनेछ, त्यस्तो विद्यालयलाई हामी तत्काल कारबाही गर्नेछौँ ।’ उनले यी विषयमा प्याब्सनले तत्काल सूचना जारी गरी विद्यालयलाई सचेत गराउने पनि बताए। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

