Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

७० करोडको कालोपत्रे दोलखा–सिँगटी सडक दुई वर्षमै भत्कियो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १९
७० करोडको कालोपत्रे दोलखा–सिँगटी सडक दुई वर्षमै भत्कियो

काठमाडौं । सडक विभागले ७० करोड रुपैयाँ खर्चेर कालोपत्रे गरेको दोलखा–सिँगटी सडक काम सकिएको दुई वर्ष नहुँदै भत्किएर अस्तव्यस्त बनेको छ । यो जिल्लाको उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग हो ।

कालोपत्रे भत्किएर बनेका खाल्डोमा पानी जमेपछि चालक तथा यात्रुले सास्ती व्यहोर्नुपरेको छ । सडक विभागले ०७३ साल असोजमा ३५ किलोमिटर लामो यो सडक कालोपत्रे गर्न ठेक्का लगाएको थियो ।

सडक निर्माणको ठेक्का पाएको कम्पनीले दुई वर्षअघि कालोपत्रे गरेर डिभिजन सडक कार्यालय चरिकोटलाई हस्तान्तरण गरेको पनि थियो । तर, डिभिजन सडक कार्यालयले उक्त सडकको मर्मत तथा व्यवस्थापनमा चासो नदिएपछि अहिले तहस–नहस हुने गरी भत्किएको छ ।

कालोपत्रे गरिएका प्रायः सबै मोडमा अहिले ठुल्ठूला खाल्डा छन् । दोलखा बजारदेखि सिँगटीसम्म झन्डै दुई सयभन्दा धेरै ठाउँमा ठूला–साना खाल्डा छन् । एकाध वर्षमै सडक भत्किएपछि यसको गुणस्तर बारे आशंका उब्जेको छ ।

स्थानीय बासिन्दाका अनुसार सडक यही गतिमा भत्किँदै गए ६ महिनामै कतै पनि कालोपत्रे बाँकी रहँदैन । दोलखा बजारको डिलबाट उकालो चढेपछि चार्थली हुँदै राम्पासम्म पुग्दा सडकका धेरै स्थानमा ठूला खाल्डा देखिन्छन् ।

यस्तै कुथली, क्षमावती, सुन्द्रावती, सुनखानी, बन्चरेलगायत स्थानमा पनि कालोपत्रे उप्किएर अस्तव्यस्त बनेको छ । सडक अस्तव्यस्त हुँदा यात्रुदेखि सवारी साधनमा समेत ठूलो क्षति पुग्ने गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Top Changing Nepal

युट्युब सट्स