Jankari Kendra
११ श्रावण २०८३, सोमबार
Worldlink

हत्यामा संलग्न रहेको अभियोगमा २ पक्राउ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, श्रावण, १९

काठमाडौं । प्रहरीले हरिपुर्वा नगरपालिका-३ बस्ने १९ वर्षीय शुसिल रायको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिपुर्वा नगरपालिका-३ धनकौल बस्ने १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर छन् । साउन १३ गते बेलुकाबाट बेपत्ता रायको शव सोमबार बिहान सोही क्षेत्रको श्री राष्ट्रिय आधारभुत विद्यालय धनकौलको पुरानो शौचालयको सेफ्टी ट्यांकीमा फेला परेको थियो । उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको जनाइएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपको अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स