पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध
जानकारी केन्द्र
२०७९, श्रावण, २०
काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो झरेपछि गएराति २ बजेबाट सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
प्रहरीका अनुसार हाल तीन वटा डोजरको सहायताले पहिरो पन्छाउने काम सुरू भएको छ। ठूलो पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ। यसअघि गएको सोमवार राति केराबारीमै गएको पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि खुलाइएको सडकमा मंगलबार फेरि पहिरो खसेको थियो ।
बुधबार बिहान ९ बजे पहिरो पन्छाएर खुलेको सडक पुन गएरातिको पहरोले अवरूद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार एक साताको अवधिमा सो क्षेत्रमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

