• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

एसईईको नतिजा आजै सार्वजनिक हुने
  • ६ घण्टा 

रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता
  • ७ घण्टा 

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण
  • ८ घण्टा 

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल
  • ९ घण्टा 

आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु
  • १० घण्टा 

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण
  • १३ घण्टा 

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा

  • २. वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

  • ३. ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

  • ४. आजदेखि सुदन किराती श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

  • ५. दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल

  • ६. टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा

  • ९. नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव

  • १०. देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

सहकारी पहिचान सहितको कोप कार्ड शुभारम्भ

admin २०७९, श्रावण, २०

काठमाडौँ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले सहकारीहरूका लागि सहकारी पहिचानसहितको कोप कार्ड सेवा शुभारम्भ गरेको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबीचको सहकार्यमा राष्ट्रिय सहकारी बैंकको २०औँ स्थापना दिवसको अवसरमा सो कार्डको शुभारम्भ गरिएको हो ।

नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरुप यस स्मार्टच्वाइसले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा एटीएम कार्ड, स्मार्ट क्यूआर र मोवाइल बैंकिङ मार्फत आफनो सेवा दिँदै आएको छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र सुबिधा पुर्‍याउँदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीको भूमिका र कारोवार समेतलाई मध्यनजर गर्दै सहकारीहरूले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रक्रिया मिलाइएको कम्पनीले जनाएको छ ।

विगत केही समय अगाडिदेखि एससीटीले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिइसकेता पनि यसलाई अझ बढी प्रभावकारी बनाउन सहकारी बैंकको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कोप कार्ड जारी गरी संचालनमा ल्याउन लागिएको हो ।

यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारीत हुने र नेपाल तथा भारतका एटीएमरपोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ । कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुले जारी गर्नेछन् ।

यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरि कार्ड जारी गर्न सक्नेछन् । सहकारीहरुले आफनो सदस्यहरुलाई कोप कार्ड वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जहाँवाट पनि एटीएम मार्फत रकम निकाल्न सक्नेछन । यस्तै पोसको माध्यमवाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन् ।

यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा पहुँच बढदै जाने र साधारण बैंकिङ कारोवारको लागि बैंक गइरहनु पर्ने बाध्यतावाट मुक्तिमिल्ने आशा लिइएको छ । कार्ड शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता एवम् विकास मार्फत उपलब्ध साधन श्रोतको अधिकतम परिचालनद्वारा तीब्र आर्थिक बृद्धि हाँसिल गर्ने लक्ष्य सरकारले लिँदै आएको बताइन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले सहकारीमा प्रबिधिको महत्व र उपयोगिताकाबारे प्रतिवेदन प्रस्तुत गरे । यस सेवाद्वारा सहकारीहरुलाई विद्युतीय कारोबारका लागि थप प्रविधियुक्त सुविधाहरु दिँदै जाने र सहकारीहरूलाई अझ सवल बनाउँदै जाने विश्वास ब्यक्त गरे ।

ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले यस सहकार्यमा सहभागी भई सहकारी क्षेत्रमा पनि केहि टेवा पुर्‍याउन पाएकोमा खुशी ब्यक्त गरे । स्मार्टच्वाइस टेक्नोलोजिजका अध्यक्ष सुमन पोखरेलले विद्युतीय भुक्तानी प्रणालीमा सहकारी क्षेत्र पनि जोडिन खुसी व्यक्त गरे । कोप कार्ड सार्वजनिक कार्यक्रममा तारापुन्ज मल्टिप्रपोज कोअपरेटिभ लिमिटेड, मुनाल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र फ्रेन्डस सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड गरी तीन सहकारी पुरस्कृत भएका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईईको नतिजा आजै सार्वजनिक हुने
रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता
गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण

ताजा

२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

एसईईको नतिजा आजै सार्वजनिक हुने

रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.