आई.एम.ई लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौँ । आई .एम .ई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो ।
कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरु विर्तामोड, धरान, बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, घोराहि, नेपालगन्ज, धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पाँचौ वार्षिकोत्सवका अवसरमा अन्य विविध कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी दिनु भयो ।
२०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको आई।एम।ई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।
आफ्ना ग्राहक वर्गहरुमा सर्वसुलभ पहूँच, उत्कृष्ट बीमालेखन, झन्झटमुक्त दाबी र व्यवसाय अनुकुलको समाधान गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत फुयाँलले बताउनु भयो ।
जीवन बीमाबारेमा जनचेतना वृद्धि गर्ने, जीवन बीमा सुविधाहरुको माध्यमबाट ग्राहकहरुको वित्तीय सुरक्षालाई बढावा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ जीवन बीमा ब्यवसाय सञ्चालन शुरु गरिएको कम्पनिले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

