मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदुत हनान गोडरवीच शिष्टाचार भेट
काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदुत हनान गोडरबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटघाटमा दुईदेशबीचको सम्वन्ध र एक आपसमा भइरहेको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको छ ।
भेटमा मन्त्री श्रेष्ठले नेपाल र इजरायल बीच कुटनीतिक सम्बन्ध विस्तार भएको छ दशक भन्दा लामो समयमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्रीपूर्ण सम्बन्ध प्रगाढ भएको र द्विपक्षीय सम्बन्ध विकासका विभिन्न विधासँगै सहयोगका क्षेत्रमा विस्तार भएको बताउनु भयो ।
उहाँले नेपाल सरकार भुमिको समुचित उपयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व बृद्धि गर्दै समृद्धि हासिल गर्नतर्फ लागिरहेको भन्दै इजरायले सहकारीका माध्यमबाट गरेको समृद्धिबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनु भयो ।
मन्त्री श्रेष्ठले यसवर्षको नीति तथा कार्यक्रम र वजेट वक्तव्यमा समेत उत्पादनलाई जोड दिएर वजेट व्यवस्था गरेको भन्दै यसमा प्रविधिलाई जोडेर आगाडी बढ्ने कुरामा सरकार लागिरहेको पनि बताउनुभयो ।
मन्त्रालयले भूमि व्यवस्थापन, सहकारी र गरिवी निवारणका विविध क्षेत्रमा काम गरिरहेको भन्दै मन्त्री श्रेष्ठले यी तीनवटै क्षेत्रमा महत्वपूर्ण नीति तथा कार्यक्रमको सुरुवात गरेको र कृषि, भूमि व्यवस्था लगायतका क्षेत्रमा इजरायलले गरेको उत्कृष्ठ र उदाहरणीय अभ्यासका विषयमा दुइदेशबीच ज्ञान, सीप र अनुभव आदानप्रदान हुन सक्दा दुवै देशका लागि लाभ हुन सक्ने विश्वास लिएको बताउनु भयो ।
भेटमा इजरायली राजदुत हनान गोडरले नेपालको भुमि व्यवस्थापन र कृषि विकासमा प्रविधिको भुमिका महत्वपूण हुने भन्दै नेपाल प्राकृतिक र कृषिमा धेरै संभावना भएको देश भएकाले इजरायलले गरेको प्रविधिको प्रयोग नेपालका लागि पनि उपयोगी हुने बताउनु भयो ।
उहाँले नेपालको कृषि क्षेत्रको विकासमा प्रविधिको प्रयोग र जनशक्ति विकासमा इजरायलले सहयोग गर्दै आएको र नेपालको विकासमा सहयोग गर्दै दुई देशबीचको सम्बन्ध अझै सुमधुर बनाइ राख्न आफुहरु लागिरहेको पनि बताउनु भयो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

