क्यानडा (एजेन्सी)। आज सम्म तपाइले संसारकै धनी मानिसको बारेमा धेरै समाचार पढ्नुभएको होला तर अब पालो संसारकै धनी गाईको बारेका पढ्नुहोस । संसारकै सबै भन्दा धनी वा महँगो यो गाईको बारेमा अन्तराष्ट्रिय चर्चा हुन थालेको छ ।
मिस्सी नाम गरेको यो गाईको पुरा नाम ईस्टसाइड लेविसडेल गोल्ड मिस्सी हो । जो उत्तर अमेरिकामा पाइने हालस्टईन नस्ल (प्रजाति) मध्ये एक हो । मेस्सी नामक यो गाई किन्न मानिसहरुको होडबाजी नै चल्ने गर्छ । जब मिस्सी नामक यो गाईको लिलाम गरिएको थियो तब मानिसहरुले यसको बोली ३२ लाख डलरसम्म लगाए । अझै यो भन्दा बढीमा पनि मानिसहरु यो प्रजातिको गाई किन्न होडबाजी गर्दै थिए ।
यो गाई महँगो कीन भयो भन्नेमा खासै चर्चा नभएपनि यो प्रजातिको गाई आफैमा महँगो हुने गर्दछ । यो प्रजातिको गाईले एक बेतमा त्यो पनि निश्चित समयमा करीब १० हजार किलो दूध दिने क्षमता राख्छ । साथै यो प्रजातिको गाईको संख्या पछिल्लो ३/४ दशकमा निकै बढ्न थालेको छ । जसको कारण अमेरिका र क्यानडामा दुध उत्पादन निकै मात्रामा हुन थालेको छ । यो व्यवसायसँग जोडिएका कृषकहरुको अनुसार यसको कारोवारमा निकै नाफा हुने गरेको बताइन्छ ।