च्याम्पियन्स लिगमा पीएसजीको विजयी सुरूआत, नेइमारको पासमा एमबाप्पेको गोल
एजेन्सी । च्याम्पियन्स लिगको नयाँ सिजनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले विजयी सुरूवात गरेको छ । मंगलबार राति भएको पहिलो खेलमा पीएसजीले युभेन्टसमाथि २–१ गोल अन्तरको जित हात पारेको हो। पीएसजीलाई जिताउन दुबै गोल केलियान एम्बाप्पेले गरे । वेस्टन म्याकिनेएले युभेन्टसका लागि सान्त्वना गोल फर्काए ।
खेलको पाँचौ मिनेटमा गोल गर्दै एम्बाप्पेले पिएसजीलाई सुरूआती अग्रता दिलाए । नेइमारको पासमा उनले गोल गरेका हुन् । यस्तै खेलको २२ औं मिनेटमा हाकिमीको पासमा उनले टोलीको अग्रता दोब्बर पारे । पहिलो हाफ २-० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा एक गोल व्यहोर्यो ।
युभेन्टसका कोस्टिकको पासमा वेस्टन म्याकिनेएले ५३ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत देखाए । तर त्यसपछि दुबै टोलीबाट गोल हुन नसकेपछि पिएसजीले खेल २-१ ले जित्यो । यो जितसँगै च्याम्पियन लिगमा समूह एचमा पिएसजीले विजयी सुरूआत गरेको हो ।
सम्बन्धित समाचार
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

