माथिल्लो मनाङमा धमाधम मर्न थाले याक र चौंरी
काठमाडौँ । मनाङको माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिका – ८ स्थित प्रिप्चे चरन क्षेत्रमा कान्छा गुरुङले पालेकामध्ये ७ वटा चौंरी एकैसाथ मरे । समुद्री सतहदेखि ४ हजार ३ सय मिटर उचाइमा छ यो चरन क्षेत्र पर्छ । यहाँ पालिएका याक र चौंरीमा धेरै र्याल काढ्ने, खान मन नगर्ने, घाँटी सुन्निने, श्वास फेर्न गाह्रो भएर कराउने आदि लक्षण देखिएको छ । पशु प्राविधिकलाई बोलाएर परीक्षण गराउँदा १०६ डिग्री सेल्सियससम्मको ज्वरो आएको पाइएको कान्छा गुरुङले बताए ।
मनाङ ङिस्याङ–२ घ्यारुस्थित ४ हजार ६ सय ५० मिटरमा रहेको लेक घ्योरकङ क्षेत्रमा पेम्वाडिन्जी गुरुङले पालेकामध्ये ३ वटा याक र ३ वटा चौंरी मरे । यही समयमा मनाङ ङिस्याङ–५ भ्राकामा पर्ने ४ हजार ५ सय मिटर उचाइमा रहेको आइसलेकमा सेते विकले पालेका ३ वटा चौंरी र एउटा याक मरे । धमाधम याक र चौंरी मर्न थालेपछि भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख पशु चिकित्सक नारायण कुसुमसहितको टोली लेकका चरन क्षेत्रमा खटिएको थियो । उनका अनुसार परीक्षणका लागि बिरामी याक र चौंरीको नोजल स्वाब, रेक्टल स्वाब, रगतको नमुना ईडीटीए, सिरम स्याम्पल लिइएको थियो ।
मृत्यु भएकाबाट टिस्यु स्वाब, मुटु, फोक्सो, कलेजो, मिर्गौला र बोन म्यारोको नमूना लिइएको थियो । घ्यारु र ङावलको लेक घ्योरकङमा मात्रै १२ वटा याक र चौंरी मरेका छन् । भ्राकाको आइस लेकमा १० वटा र प्रिप्चेमा ८ वटा याक र चौंरी मरेका छन् । तीन वटा क्षेत्रमा ७ सय २२ वटा याक र चौंरी रहेकामा अहिले ४२ वटा बिरामी छन् ।
पशु प्राविधिकले विस्तृत रूपमा भेटनेरी इपिडिमियोलोजिकल अध्ययन सर्वेक्षण गर्दा रोग पत्ता नलागेपछि परीक्षणका लागि नमुनालाई पोखरा पठाइएको थियो । टंकी र भ्राकामा पशु चिकित्सक नारायण कुसुमका साथमा मनाङ ङिस्याङ गाउँपालिका पशु सेवा शाखा प्रमुख राजीव दाहाल खटिएका थिए । घ्यारु र ङावलमा नायब पशु सेवा प्राविधिक हरि तामाङ र भक्त रावत खटिएका थिए । पशुमा भ्यागुते रोग लागेको आशंका गरिएको छ ।
भदौ ७ मा पहिलो पटक नमून पठाएकोमा रोगको पुष्टि हुन नसकेपछि पुनः नमून संकलन गरी भदौ १२ मा पोखरा पठाइएको उनले बताए । पोखराको प्रयोगशालामा पनि रोग निदान नभएपछि हाल नमूनालाई काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको छ ।
सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

