बालबालिका चोरी भइरहेको हल्ला अफवाह मात्रै : नेपाल प्रहरी
काठमाडौं । नेपाल प्रहरीले नेपालमा बच्चा चोरी भइरहेको कुरा भ्रामक रहेको जनाएको छ । साइबर व्यूरोले एक सूचना जारी गर्दै नेपालमा पछिल्लो समय बच्चाहरूको चोरी भइरहेको भन्ने हल्ला भ्रामक रहेको जनाएको हो ।
भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने ब्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरू चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका विभिन्न अंगहरू झिकी बिक्री गर्ने गरेको भन्ने व्यहोरा लेखेर विभिन्न व्यक्तिहरुका तस्बिरहरु समेत संलग्न गरी सामाजिक सञ्जालमा फैलाईएको भ्रामक प्रचार प्रति प्रहरीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैं देशभर रहेका कुनै पनि प्रहरी कार्यालयहरुमा हालसम्म कुनैपनि माध्यमबाट कुनैपनि उजूरी र सूचना प्राप्त नभएको साइबर व्यूरो प्रवक्ता पशुपति कुमार रायले बताए । व्यूरोले त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

