ली उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त, कहाँ– कहाँ हुँदैछ आज सवारी जाम
काठमाडौं । चार दिने नेपाल भ्रमणका लागि नेपालमा रहेका चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुआज उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहने भएका छन् ।
उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेकोको छ ।
उनको सवारीको समयमा काठमाडौं उपत्यकाको विभिन्न भागमा सवारी आवागमनमा प्रभाव पर्ने देखिएको छ । सोमबार झन्डै दुई घण्टा सवारी जामको सास्ती खेपेका उपत्यकावासीले आजपनि ली बसेको सोल्टीमोडस्थित सोल्टी होटलदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र वालुवाटारतर्फका सडकहरु बढी जाम झेल्नुपर्ने देखिएको छ ।
अहिले रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माईतीघर, नयाँ बानेश्वर देखि तिनकुन आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित रहेको छ ।
त्यस्तै, अहिले विहान ११ बजे तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माईतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन प्रभावित हुनेछ ।
दिउँसो ३ बजे आसपास रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने छ ।
अपराह्न ४ बजे पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुनेछ ।
सम्बन्धित समाचार
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
थाइल्यान्डमा किशोरद्धारा गरिएको अन्धाधुन्ध गोली प्रहारमा ७ जनाको मृत्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

