आजको मौसम यस्तो
काठमाडौं । काठमाडौं उपत्यकासहित धेरै ठाउँमा अहिले घाम चर्किएको छ । तर, दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद्का अनुसार आज वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । त्यस्तै अन्य ठाउँमा भने हल्कादेखि मध्यम पानी पर्ने अनुमान गर्रिको छ ।
यस्तै, आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यसैबीच, आजदेखि पर्सि शुक्रबारसम्म लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भाग भइ बहने नदीमा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ ।
यी क्षेत्रमा पानीको बहाव सतर्कता तहसम्म पुग्न सक्ने तथा तथा केहीमा नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रहरू तथा तराईको डुबान भइरहने होचा क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सम्बन्धित समाचार
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
