निलम्बित प्रधानन्यायाधीश जबरा निवासमै अघोषित नजरबन्दमा
काठमाडौँ । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अघोषित नजरबन्दमा राखेको छ । उनले आज आइतबारदेखि सर्बोच्चको नियमित काममा फर्कने भन्दै सर्वोच्च प्रशासनलाई जानकारी गराई विहान ११ बजे कार्यलय आउन खोजेका राणालाई उनकै सरकारी निवासमा रोकिएको छ । अहिले उनी प्रहरीले निगरानीमा रहेका छन् ।
बालुवाटारस्थित उनको निवास अगाडि प्रहरीको तैनाथी बढाइएको छ । ती प्रहरीहरुले निवासबाट निस्कने प्रत्येक सवारी साधन जाँच गरिहेका छन् । संसदको कार्यकाल सकिएसँगै आफूमाथिको महाअभियोग प्रस्ताव पनि स्वतः निष्कृय भएको तर्क गर्दै उनी आज सर्वोच्च अदालतमा उपस्थित हुने तयारीमा थिए । तर निवासबाट निस्किनै नसक्ने गरी प्रहरीले आफ्नो निवासमा घेरा हालेको उनले बताएका छन् ।
जबराले आफुलाई अघोषित नजरबन्दमा राखिएको दावी गरेका छन् । उनले सर्वोच्चको ढोकामा र म बस्ने क्वाटरको ढोकामा प्रहरी राखेर प्रधानन्यायाधीशलाई बाहिर निस्कनै नदिने योजना बनाएर सरकारले अराजकता प्रदर्शन गरेको आरोप लगाएका छन् । निलम्बित प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
सरकारले प्रहरी प्रधान कार्यालयलाई आइतबार बिहान सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको हो । जबराले आफू सर्वोच्च अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरिदिएको बताए । संसद्को ‘आयु’ सकिएसँगै सर्वोच्च फर्कने तयारीमा रहेका जबराले आफू तयार भएर निस्कने बेला सरकारले गेटमा तालाबन्दी गरिदिएको बताए । उनले भने ‘म ११ बजे सर्वोच्च पुग्ने तयारी गर्दै थिएँ र त्यसानुसार तयार भएको थिएँ । तर, सरकारले गेटमा तालाबन्दी गरिएको रहेछ ।
यता, संसद सचिवायलयले पनि निलम्बित जबरालाई निलम्बन फुकुवाको पत्र दिन नमिल्ने जनाएको छ । संविधानको धारा १०१ को उपधारा ६ मा भएको व्यवस्था अनुसार जबराले निलम्बन फुकुवाको पत्र नपाउने संसद सचिवालयले जनाएको छ । संविधानको पाना पल्टाएर हेर्दा एस र नो नहुँदासम्म दिन निलम्बन फुकुवाको पत्र दिन नसकिने जनाएको छ । जबरालाई यसरी ने कतिदिन अघोषित नजरबन्दमा राख्ने भन्ने विषयमाभने सरकारले केही खुलाएको छैन् ।
संविधानको धारा १०१ को उपधारा ९६० र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ । संसद सचिवालले गत २०७८ फागुन १ गते राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद, सर्वोच्च अदालत, न्याय परिषद् र जबरालाई पठाएको पत्रमा संविधानको धारा र प्रतिनिधि सभा नियमावली २०७५ मा भएको व्यवस्था उल्लेख गर्दै राणमाथि महाअभियोगको कारबाही टुंगो नलागेसम्म कामकाज गर्न नपाउने व्यहोरा उल्लेख गरेको थियो ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार

