काठमाडौं । एक महिनाको अन्तरालमा खाने तेलको मूल्य ५० रूपैयाँसम्म घटेको छ । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाएसँगै खाने तेलको मूल्यमा पनि ठूलो गिरावट आएको हो । नेपाल खुद्रा व्यापार संघका अुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको छ ।
एक महिनाअघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा झरेको छ । यस्तै, २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । त्यसैगरी, २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम २१८ रुपैयाँसम्म झरेको छ ।