अस्पतालबाटै भाग्छन् बिरामी
काठमाडौं, । केही दिनअघि थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा नियमित जाँचमा आउने गर्भवती महिलाको कार्डमा डाक्टरले लेखिदिए ‘म चिकित्सकको सल्लाहविपरीत घर जाँदैछु । केही भइपरि आएमा आफैँ जिम्मेवारी हुनेछु ।’ त्यसमा बिरामीलाई सही गर्न लगाइयो ।
ललितपुर टीकाथली बस्ने गर्भवती नियमित परीक्षणका लागि अस्पताल जाँदा उहाँको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले तत्काल अस्पताल भर्ना हुनुपर्ने सुझाव दिएका थिए तर ती महिलाले आफू एक्लै आएको हुनाले अस्पताल भर्ना हुन नमानेपछि चिकित्सकले केही भइहाले बिरामी आफैँ जिम्मेवारी हुने गरी हस्ताक्षर गरी घर पठाइदिएका हुन् ।
चाररपाँच दिनअघि कान्तिबाल अस्पतालमा पनि अर्कै घटना भयो । निमोनिया भएपछि पर्साबाट कान्ति अस्पताल रिफर भएका बिरामी केही दिन उपचार गरेपछि बिरामीका आफन्तले बिरामीलाई भगाएर लगे । धेरै दिन भएपछि बिरामी मात्र होइन, कुरुवासमेत बिरामी हुने अवस्था आएको र बिल धेरै उठेको भन्दै उनीहरू भागेका थिए ।
कान्तिमै उपचार गर्न कैलालीबाट आएका बिरामीको उपचार हुँदै थियो । चिकित्सकले बिरामी ठीक हुन पनि सक्छ नहुन पनि सक्छ भनेपछि बिरामीका आफन्तले डिस्चार्ज मागेर बिरामी घर लगे ।
१५ दिनअघि रामेछापबाट त्रिवि शिक्षण अस्पतालमा रिफर भएका एक बिरामीलाई सुरुमा बेड पाउन मुस्किल प¥यो । बल्लबल्ल बेड पाएपछि चिकित्सकले उपचार गरे ।
ब्रेन हेमरेज भएका चिकित्सकले ७० वर्षको वृद्ध शल्यक्रिया गर्दा झनै जटिल हुनसक्ने बताएपछि आफन्तले थप उपचार नगरी बिरामी मरे पनि बाँचे पनि घर लैजाने भन्दै डिस्चार्ज मागेर घर लगे ।
ती बिरामीलाई शल्यक्रिया नभए पनि औषधिमार्फत थप उपचार गर्न सकिने चिकित्सकले बताएका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

