• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ बैशाख २०८३, मङ्गलबार
२२ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
  • १८ घण्टा 

एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार
  • १९ घण्टा 

२०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

नेप्सेमा सुधारभएसँगै ८.७८ अंकको वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार
  • २२ घण्टा 

३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
  • २४ घण्टा 

वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी
  • १ दिन 

घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

कालंगा हाइड्रोको आईपीओ जेठ ८ देखि खुल्ने, सर्वसाधारणका लागि कति ?
  • १ दिन 

घरमा नराख्नुहोस् यस्ता वस्तु, हुनेछ धन हानीका साथै अनिष्ठ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख २० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’

  • ३. चितवन अटो शो २०२६ मा फोटोनको विशेष अफर : ईभी भ्यानदेखि पिकअपसम्म आकर्षक छुट

  • ४. शहरी विकास मन्त्रालयद्वारा स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

  • ५. खाना पकाउने ग्यासको मूल्य बढ्यो

  • ६. कुनै पनि नागरिकलाई घरबारविहीन हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

  • ७. आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

  • ८. मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन, लक्ष्यको करिब ७० प्रतिशत पूरा

  • ९. अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए

  • १०. ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

एक सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

जानकारी केन्द्र २०७९, आश्विन, ७

म्याग्दी । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ। म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ।

एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो। बेनीका अगुवा ८४ वर्षीय नैनकुमार श्रेष्ठका अनुसार तत्कालीन समयमा काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठ्ठा बनाएर पुल निर्माण गरिएको थियो ।

अहिले पुलमा प्रयोग भएका साङ्ले लठ्ठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएका हुन्। तत्कालीन समयमा दुईवटा साङ्ले लठ्ठामा फलामको पाता राखेर एउटा काठको फल्याकमात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको थियो। विसं २०१४ मा बाबियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा हालको झोलुङ्गे पुलको रूपमा विकास गरिएको श्रेष्ठले जानकारी दिए ।

‘यो ठाउँमा त्यसअघि कुनै पुल थिएनन्, तत्कालीन गुल्मी र बागलुङमा अड्डा रहँदा म्याग्दी र पर्वतका सबैजसो यही बाटो भएर वारपार गर्थे । लामो समयसम्म म्याग्दीखोला पारि र वारिका स्थानीयले वारपार गर्ने मुख्य बाटो यही बन्यो’, उनले भने। जिल्लाकै पुरानो र स्थानीय स्रोतसाधनलाई प्रयोग गरी बनाइएको पुल जीर्ण बनेपछि चार वर्षअघि बेनी नगरपालिकाको पहलमा सामान्य मर्मत गरिएको थियो । अहिले पुल जीर्ण छ । पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको छ।

पुरानो र ऐतिहासिक महत्वको पुलको काठ कुहिएको छ । जालीमा खिया लागेको छ । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठका अनुसार प्राविधिकको सल्लाहअनुसार पुलको स्वरुप नबिग्रने गरी मर्मत र संरक्षण गर्ने योजना छ। साङ्ले लठ्ठाको तौल धेरै भएकाले नदीमा लठ्ठालाई तन्काउन तत्कालीन समयमा यस क्षेत्रका प्रायःजसो सबै गाउँबाट स्थानीय बेनी झेरका बुढापाका बताउँछन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार
नेप्सेमा सुधारभएसँगै ८.७८ अंकको वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार

ताजा

वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

२०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

नेप्सेमा सुधारभएसँगै ८.७८ अंकको वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.