आज टाटा मोटर्स ‘नाडा ईभी एक्स्पो’को अन्तिम दिन
काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा।लि।ले बिहीबारदेखि नेपाली बजारमा नेपालकै पहिलो नाडा ईभी एक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु प्रदर्शनमा राखेको छ। नाडा ईभी एक्स्पोमा टाटा मोटर्सको प्रदर्शनी गर्ने आज अन्तिम दिन हो। प्रदर्शनमा टिगोर ईभी, नेक्सन ईभी डार्क तथा नाडा ईभी एक्स्पोमा नै सार्वजनिक गरिएको नेक्सन ईभी प्राईम पनि राखिएको छ।
पहिलो दिन नाडा ईभी एक्स्पोको उद्घाटन संगै नेक्सन ईभी प्राईम सार्वजनिक गरेकोमा अवलोकन गर्न आइपागेका ग्राहकहरुले एकदम उत्साहजनक प्रतिक्रिया दिएको कम्पनीले जनाएको छ। ‘न्यु फरेभेर’ को अवधारणा अनुरुप निर्माण गरिएको यो गाडीमा मल्टी–मोड रिजेन, रिजेनमा स्वचालित ब्रेक ल्याम्प एक्टिभेसन, क्रुज कन्ट्रोल, टायर प्रेसर मनिटरिंग सिस्टम र ११० सेकेन्डको चार्जिंग टाइम आउट जस्ता समुन्नत विशेषताहरु छन्।
‘ग्राहकहरुमा गाडीको प्रविधि र बिक्रि पश्च्यातका सेवा सुविधा बारे बुझ्न आउनुहुने भेट्यौं जहाँ गाडीको बारे उहाँहरु आफै जानकार हुनुहुन्थ्यो। गाडीको मूल्य भन्दा पनि चार्जिंग एप, चार्जिंग स्टेसन, चार्जर, र सर्भिसिंगको जिज्ञासा राख्नेहरुको जमात निकै भेटियो।’ , सिप्रदीका एक कर्मचारीले भने।
बिहिबार शुरु गरिएको ईभी एक्स्पो चार दिन सम्म चल्ने हुँदा हरेक वर्ग तथा उमेरका ग्राहकहरुको सहभागिता थियो। काठमाडौँस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा राखिएका विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे लगायत अटो पार्ट्सका स्टलहरु पनि राखिएका छन्।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
