झन्डै ८० हजार अग्रिम टिकट बुक, दैनिक १० हजाट बुकिङ हुँदै
काठमाडौं । कोभिड १९ को कारणले अधिकांश नेपाली जनता दुई वर्ष मन खुलेर दसैँ मनाउन आफ्नो घर फर्किन पाएनन्।
अहिले कोभिड १९ को सन्त्रास पनि कम भएकाले विगतको वर्षमा भन्दा यो वर्ष दसैँ मनाउन आफ्नो थातथलो फर्कनेहरूको संख्या बढ्ने अनुमान गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले विगत दुई वर्ष कोभिड १९ को कारणले सर्वसाधारण खुलेर दसैँ मनाउन उपत्यका बाहिर नगएकाले पनि यो वर्ष धेरै सर्वसाधारण जान सक्ने बताउँछन् ।
‘गत वर्षमा करिब ५ देखि ७ लाख मात्रै यात्रुहरू दसैँ लगायतका चाडपर्व मनाउन उपत्यका बाहिर गएका थिए,’ उनले भने– ‘यो वर्ष कोभिड १९ को प्रभाव खासै नभएकाले पनि करिब २० लाख यात्रु बाहिरिने अनुमान गरेका छौं ।’
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार अहिले काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ५२ हजार र काठमाडौं भित्रिने यात्रुको संख्या ४५ हजार रहेको छ। फूलपातीको दिनदेखि उपत्यकामा भित्रिने यात्रुको भन्दा बाहिरिनेको संख्या ह्वात्तै वृद्धि हुने छ।
असोज ८ गतेसम्म ६८ हजार यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेका छन् । अहिले नयाँ बसपार्कमा दैनिक १० हजारभन्दा धेरै यात्रुले अग्रिम टिकट बुकिङ गर्दै आइरहेका छन्
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

