• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • ९ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १० घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा २(१७७औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन

जानकारी केन्द्र २०७९, आश्विन, १०

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा संचालित २(१७७औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउनुभयो । जिम्मेवारी निर्वाहका क्रममा विषम् परिस्थितिमा पनि धैर्यवान रही नेपाल प्रहरीले आफूलाई उत्कृष्ट सावित गर्दै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “गौरवमय इतिहास बोकेको संगठनका सदस्य
हुनु पाउनु आफैंमा सम्मानको विषय हो । तसर्थ नव(प्रवेशी प्रहरी अधिकृतहरूलाई प्रहरी सेवालाई केवल पेशाको रुपमा मात्र नलिई राष्ट्र र नागरिक सेवामा आफ्नो विशिष्ट पहिचान बनाउन निर्देशन गर्दछु ।”

 

प्रहरी महानिरीक्षक सिंहले हिंसाजन्य एवम् अमानवीय व्यवहारलाई समाजमा कुनै स्थान दिन नहुने र कुरीतिजन्य आचरण तथा व्यवहारले समाजको सुन्दरतालाई कुरूप पार्ने उल्लेख गर्दै आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराई नेपाल प्रहरी नागरिक आस्था र भरोसाको केन्द्रको रुपमा स्थापित हुने गरी काम गर्ने समेत आग्रह गर्नुभयो । कुनै पनि प्रकारका अवाञ्छित गतिविधि, गैरकानुनी क्रियाकलापलाई निर्ममतापूर्वक नियन्त्रण र निस्तेज गरी कानुनी राज्यको प्रवर्द्धन गर्न दृढ संकल्पित रही आफ्नो कर्तव्यको दौरानमा त्यसको पूर्ण कार्यान्वयन गर्न उहाँले प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीको वृत्ति विकासलाई मध्यनजर गरी संगठनलेविभिन्न विश्वविद्यालय र तालिम संस्थाहरूसँग सहकार्यको थालनी गरेकोले आगामी दिनमा प्रविधिको प्रयोग, भौतिक पूर्वाधारको उल्लेख विकास, स्रोतसाथन र उचित तालिमको अवसरले प्रहरीको व्यावसायिकतामा थप निखार थपिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरुलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद ज्ञापन समेत व्यक्त गर्नुभएको थियो ।

तालिम संयोजक प्रहरी उपरीक्षक प्रकाश मल्लले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०७८ असोज १३ गतेदेखि संचालित उक्त तालिममा ३८ जना महिला सहित कुल ५ सय १ जना प्रशिक्षार्थीहरु दीक्षित भएको जानकारी दिनुभयो । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ(आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो । उक्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा, जिल्ला अदालत चितवनका न्यायाधीस रितेन्द्र थापा, राष्ट्रिय भूमि आयोग चितवन जिल्ला समितिका अध्यक्ष बद्री तिमिल्सिना, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्र विक्रम महत, विभिन्न सरकारी तथा गैह्र साकारी कार्यालयका कार्यालय प्रमुख तथा अन्य आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
यस्तो छ आजको मौसम पुर्वानुमान

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.