• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ०४, २०८२
सोमबार, कार्तिक ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

तिहारमा कस्तो रहला देशभरको मौसम ?

थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै

२०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय

लोकप्रिय समाचार

  • १. २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

  • ४. २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक

  • ७. हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ८. पेट्रोलको मूल्य घट्यो, अब कुन ठाउँमा कति मुल्य ?

  • ९. तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

  • १०. २०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

दशैँ बजारमा छुटका नाममा लुट

काठमाडौं । दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ता, चप्पललगायतका सामानको कारोबार धेरै हुने गरेका छन् ।

सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दशैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ताचप्पललगायतका सामान १०० प्रतिशतसम्म छुट भन्दै बिक्रीका लागि राखिएका छन् । छुट भनिएका बजारमा किन्ने उपभोक्ताको त्यत्तिकै भीड छ । दशैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि भएकाले सबै वर्गका नागरिक बजारमा भीड लाग्छ ।

न्युरोडमा सारी, कुर्था, टप्स् पसलमा काम गर्ने एक कर्मचारीले भने, “दशैँअगाडि एक हजारमा बिक्री गर्दै आएको टप्स् अहिले प्रतिपिसमा ५०० रुपैयाँ बढाई एक हजार पाँच सय रुपियाँ पु¥याएर प्रतिपिसमा २० प्रतिशत छुट भनिएको छ, यो मात्रै होइन, सारी र कुर्था पनि त्यस्तै छ ।’’ “बच्चाका कपडामा त अझ पहिलेभन्दा दोब्बरभन्दा बढी मूल्य वृद्धि गरिएको छ । ती सामान ‘फिक्स’ मूल्य भनेर सेलमा राखिएको छ । उपभोक्ता फ्रीमा पाएजस्तै गरी भीड लागेर पानी पिउन पनि पाइँदैन,” उनले थपे ।

यस्तै रञ्जना गल्लीमा जुत्ता पसलका काम गर्ने विनोद न्यौपानेले सकेसम्म सेल भनेर बिक्रीमा राखेको पसलमा सामान नकिन्न सल्लाह दिए। उनले भने, “सेल भनेका ठाउँमा धेरै ठूलो खेल हुन्छ । त्यसमा उपभोक्ता सचेत हुनुपर्छ, कि गुणस्तरमा समस्या हुन्छ कि मूल्यमा गडबड, त्यसैले सकेसम्म त्यस्तोमा सचेत हुनुपर्छ ।” भृकुटीमण्डपमा राखिएको जुत्ताचप्पलको छुट मेलामा दुई छोरासहित उत्साहित भएर जुत्ता किन्न आएका बद्री अधिकारी जुत्तै नकिनी फर्किए । मेलामा छुटमा जुत्ता पाइन्छ भन्ने समाचार सुनेर आएका उनले भने “जुत्ता मेलामा केको छुट हुनुरु छुटका नाममा लुट रहेछ । न राम्रो न सस्तो, कालोबजारी यहीँ छ । बजारमा सजिलै एक हजार पाँच सयमा पाइने जुत्ता यहाँ दुई हजार पाँच सय रुपियाँ तोकेर २० प्रतिशत छुट भनेर झुक्काइएको छ ।”

उपभोक्ता अधिकारकर्मीले चाडपर्वका बेलामा बजारमा छुट र सेलका नाममा सीमित व्यापारीले लुट मच्चाउँदासमेत सरकारका नियमनकारी निकाय रमिते बनेको आरोप लगाएका छन् ।

उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसेनाले चाडपर्वका बेलामा यस पटक मात्रै होइन, हरेक वर्ष सेल र छुटका नाममा आमउपभोक्तामा भ्रम सिर्जना गरेर ठूलो परिणाममा ठगी हुने गरेको बताए। उनले भने, “छुट र सेलका नाममा कति लुट हुन्छ भन्ने कुरा त तीन वर्षअगाडि दरबारमार्ग र न्युरोडको जुत्ता पसलले गरेको कामले पुष्टि हुन्छ ।”

सरकारका नियमनकारी निकायले मूल्यको अनुगमन गर्न नसक्दाको परिणाम भएको उनको भनाइ छ । अनुगमन त खाली साना लगानीका पसल अनुगमन गरेर उपभोक्तालाई झुक्याउने काम मात्रै भएको उनको आरोप छ । गोरखापत्र दैनिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय
    तिहारमा कस्तो रहला देशभरको मौसम ?
    थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

    लोकप्रिय

    २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

    २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

    तिहारमा कस्तो रहला देशभरको मौसम ?

    थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय
    • तिहारमा कस्तो रहला देशभरको मौसम ?
    • थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार
    • ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.