सामाजिक सुरक्षाभत्ता वितरण गर्न शिविर
काठमाडौँ । साकेला गाउँपालिकाले सञ्चालन गरेको सामाजिक सुरक्षाभत्ता भुक्तानी शिविरमा चार सय ८३ जना लाभग्राहीले सेवा लिएका छन् । नेपाल एसबिआई बैंकसँगको सहकार्यमा गाउँपालिकाले वृद्धावस्थाका ज्येष्ठ नागरिक, अशक्त अवस्थाका नागरिक तथा आफै हिँडेर बैंकसम्म जान नसक्ने चार सय ८३ लाभग्राहीलाई उनीहरुको गाउँटोलमै लगेर रु ६६ लाख ७२ हजार तीन सय रकम वितरण गरेको हो ।
शिविरमा उपस्थित हुन नसक्ने अन्य लाभग्राहीले भने एसबिआई बैंकको साकेला शाखा र देशभर सञ्चालनमा रहेको जुनसुकै शाखाबाट भत्ता रकम बुझ्ने व्यवस्था गरिएको सामाजिक सुरक्षा शाखाप्रमुख डिएम चाम्लिङ राईले जानकारी दिए । गाउँपालिकाले हिन्दू नेपालीहरुको महान् चाड दसैँरतिहार तथा छठ पर्वका अवसर पारेर गत असोज ४ देखि ११ गतेसम्म भुक्तानी शिविर सञ्चालन गरेको हो ।
असोज ४ गते वडा नं ५ मात्तिमबिर्तामा सञ्चालन गरिएको शिविरबाट ९० जना लाभग्राहीलाई रु १२ लाख ४९ हजार रकम भुक्तानी गरिएको जनाइएको छ । असोज ५ गते वडा नं १ बाँझेच्यानडाँडामा सञ्चालन भएको शिविरमा ८२ जना लाभग्राहीको लागि रु १२ लाख ९२ हजार, असोज ६ गते वडा नं १ डाँडागाउँमा सञ्चालन गरिएको शिविरबाट ७८ जना लाभग्राहीको लागि रु १० लाख २५ हजार रकम वितरण गरिएको छ । असोज ७ गते वडा नं २ रतन्छामा सञ्चालन गरिएको शिविरबाट एक सय १० जना लाभग्राहीले रु १४ लाख ९२ हजार रकम भुक्तानी लिएका छन् भने असोज ९ गते वडा नं ४ मात्तिममा सञ्चालन गरिएको शिविरबाट ५९ जना लाभग्राहीले रु आठ लाख ९८ हजार र असोज–११ गते वडा नं ३ खिदिमामा सञ्चालन गरिएको शिविरमा ६४ जना लाभग्राहीले रु आठ लाख ४५ हजार रकम भुक्तानी लिएका छन् ।
शिविरमा बैंकका शाखा प्रबन्धक असिम इङ्नाम लिम्बू र गाउँपालिकास्थित सामाजिक सुरक्षा शाखाका कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । चालु आर्थिक वर्ष २०७९र८० का लागि गाउँपालिकामा रु एक करोड २३ लाख छ हजार तीन सय ३० भत्ता रकम निकासा गरिएको गाउँपालिकाले जनाएको छ ।
सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राहीको सेवालाई मध्यनजर गर्दै गाउँपालिका र बैंकको सहकार्यमा वर्षको तीन पटक वडावडामा भुक्तानी शिविर सञ्चालन गर्ने गरिएको गाउँपालिका प्रमुख रविप्रकाश राईले जानकारी दिए । साकेला गाउँपालिकामा सबै प्रकारका सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या चालु आर्थिक वर्ष एक हजार तीन सय १५ जना कायम रहेका छन् ।
सरकारले ६८ वर्ष पूरा गरेका ज्येष्ठ नागरिकको लागि प्रतिमहिना रु चार हजार, ६० वर्ष उमेर पुगेका दलित, ६० वर्ष उमेर पूरा भएका एकल महिला तथा विधवालाई रु दुई हजार ६ सय ६० दरले सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउँदै आएको छ । पूर्ण अपाङ्गता भएका व्यक्तिका लागि रु तीन हजार नौ सय ९०, अति अशक्त अपाङ्गता भएका नागरिकले रु दुई हजार एक सय २८, लोपोन्मुख अवस्थाका आदिवासी जनजातिको लागि रु तीन हजार नौ सय ९० र दलित तथा क्षेत्र तोकिएका पाँच वर्षमुनिका बालबालिकालाई रु पाँच सय ३२ का दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।
सरकारद्वारा प्रदान गरिने सामाजिक सुरक्षाभत्ता रकम वर्षको चार पटक प्रत्येक तीनरतीन महिनामा बैंकमार्फत वितरण हुने गरेको छ । साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ को दोस्रो चौमासिकदेखि नेपाल एसबिआई बैंकको साकेला शाखाबाट भत्ता रकम वितरण गर्दै आइएको छ ।
जिल्लाकै सबैभन्दा थोरै पाँच वडामात्र रहेको उक्त गाउँपालिकामा कर्मचारीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दा व्यापक अनियमितता भएको गुनासो आएपछि बैंकमार्फत वितरण सुरु गरिएको हो । साकेला गाउँपालिकामा एकै आर्थिक वर्ष रु ८७ लाख ४१ हजार ६ सय रकम दुरुपयोग भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत छानबिन सुरु गरेको छ ।
यद्यपि, अख्तियारले अहिलेसम्म छानबिन प्रतिवेदन बुझाएको छैन । एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर कर्मचारीहरुले वर्षौंदेखि रकम बुझ्दै आएको जानकारी पाएपछि सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको जानकारी बाहिरिएको हो ।
दस स्थानीय तह रहेको जिल्लामा उक्त गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणमा भएको अनियमितता रोक्ने प्रयास सुरु गरेपछि अन्य स्थानीय तहले पनि पहल थालेको छ । जिल्लाका सबै स्थानीय तहले आ–आफ्नो पायक पर्ने ठाउँमा सञ्चालित बैंकसँग परामर्श गरेर सम्झौता गर्ने क्रम धमाधम भइरहेको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
