• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० जेठ २०८३, शनिबार
३० जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?
  • १७ घण्टा 

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने
  • १७ घण्टा 

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • ३ दिन 

सुनचाँदीको मूल्य आज पनि घट्यो
  • ३ दिन 

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना
  • ३ दिन 

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार
  • ५ दिन 

एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा
  • ५ दिन 

सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक
  • ५ दिन 

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • ६ दिन 

लोकप्रिय समाचार

  • १. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

  • ४. २४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

  • ५. आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

  • ६. सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

  • ७. एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

  • ८. चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

  • ९. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • १०. सुनचाँदीको मूल्य आज पनि घट्यो

‘पर्यटकीय गन्तव्यलाई कलामार्फत विश्वमाझ पु(याउनु जरुरी’

जानकारी केन्द्र २०७९, आश्विन, १३

काठमाडौँ । फेवातालको किनार ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको कार्यालय परिसरभित्र लस्करै कला सजाएर राखिएका छन् । पोखराको पर्यटनको मुख्य याम सुरु भइसकेका कारण त्यहाँ रहेको बोर्डको कार्यालय तथा अध्यागमन कार्यालयमा यतिखेर चहलपहल बढिरहेको छ ।

विभिन्न कामसहित त्यहाँ कार्यालयमा पुग्ने अधिकांशतः विदेशी पर्यटकको ध्यान त्यहाँ प्रदर्शनमा राखिएका कलाले आकर्षित गरेको छ । कलाका क्षेत्रमा पानी रङगको सहरका रुपमा पहिचान बनाएको पोखरामा विश्व पर्यटन दिवसका अवसरमा अप्टिमिष्ट क्लब अफ लेखनाथको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र नगेन आर्ट एकेडेमीको सहकार्यमा कलाकार नगेन सिंहको एकल कला प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनीमा कलाकार सिंहले तयार गरेका जीवन जगतका विभिन्न यथार्थता झल्किएका कला राखिएका छन् ।

सिंहको उक्त बाह्रौँ एकल कला प्रदर्शनीमा हिमालदेखि तराईसम्मका विभिन्न कलामा पानी रङगको प्रयोगदेखि अल्कोहल कलर, एक्लोरिक कलर आदिको प्रयोग गरिएको छ । प्रदर्शनीमा हिमाली, पहाडी तथा तराईका मनोरम भूभाग, खोलानालादेखि पशुवस्तुका चित्र कोरिएका छन् । प्रदर्शनीमा राखिएका हिमाली तथा पहाडी बस्तीसँगै अमूर्त कलाले पनि त्यहाँ पुग्ने जोकोहीको मन लोभ्याएको छ । ‘रिथिङकिङ टुरिजम आर्ट एक्जिविसन’ नाम दिइएको कला प्रदर्शनीमा विभिन्न ३३ कला प्रदर्शनमा राखिएको कलाकार नगेन सिंहले बताउनुहुन्छ ।

“प्रदर्शनीमा नेपाली जीवन जगतका यथार्थता, प्रकृति, संस्कृति आदिलाई समेटिएका कला राखिएका छन्”, उहाँ भन्नुहुन्छ,“नेपालका हरेक पर्यटकीय गन्तव्यलाई कलामार्फत विश्वमाझ पु¥याउनु जरुरी छ, प्रदर्शनीमार्फत पोखरासहित समग्र नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास लिएको छु ।”कोरोना प्रभावित पर्यटनको पुर्नरुत्थानमा कलाकर्मीको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै उहाँले यसका लागि राज्यले उनीहरूको भूमिकालाई उचित स्थान दिएर अघि बढ्नुपर्ने बताउनुहुन्छ ।

“कला अझै राज्यको प्राथमिकतामा परेको छैन”, उहाँ भन्नुहुन्छ, “कलाकर्मी जबसम्म आफ्ना कलामार्फत बाँच्न सक्ने अवस्था राज्यले तयार गर्दै तवसम्म यो क्षेत्रको विकास हुनसक्दैन ।” पर्यटन समाजका धेरै कुरासँग जोडिएको बताउनुहुने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारी कलाका माध्यमबाट जीवन जगतको यथार्थता चित्रण हुने धारणा राख्नुहुन्छ ।
कला आफैँमा महत्वपूर्ण पहिचान भएको बताउँदै उहाँ भन्नुहुन्छ, “फ्रान्सको लुभ्र कला सङग्रहालय जस्ता धेरै स्थल कलाकारिताकै माध्यमबाट विश्वमाझ परिचित भएको यथार्थतालाई हामीले बुझ्नु जरुरी छ । ”

कला तत्कालीन समयको जीवन्त चित्रण गर्ने माध्यम समेत भएको बताउँदै उहाँले प्रत्येक ऐतिहासिक बस्तु तथा सन्दर्भ कलाका माध्यमबाट पछिल्लो पुस्ता माझ हस्तान्तरण हुन सक्ने बताउनुभयो । कलाका माध्यमबाट समाजमा सचेतना समेत जगाउने सकिने प्रदर्शनीको आयोजक संस्था अप्टिमिष्ट क्लब अफ लेखनाथका अध्यक्ष रोशन अधिकारी बताउनुहुन्छ ।

कलाकारिताको प्रवद्र्धन र विकास क्लबको प्राथमिकतामा रहेको बताउँदै उहाँले यस प्रदर्शनीलाई एउटा महत्वपूर्ण अवसरमा रुपमा लिएको धारणा राख्नुहुन्छ । “समाजमा धेरै लुकेका वास्तविकतालाई कलाका माध्यमबाट खोतल्न सकिन्छ”, उहाँले भन्नुहुन्छ, “कलाकार सिंहको यस प्रदर्शनीमा तिनै विविधतायुक्त यथार्थतालाई कलामार्फत प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?
चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने
आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

ताजा

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

सुनचाँदीको मूल्य आज पनि घट्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.