दसैं बिदाअघि सेयर बजारमा छायो हरियाली
काठमाडौं । दसैं बिदा अघिको अन्तिम कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ। नेप्से १६.२९ अंकले बढ्दा परिसूचक १८५३.१६ विन्दुमा उक्लिएको छ। यस्तै, सेन्सेटिभ पनि ३.८३ अंकले बढेको छ। बुधबारको तुलनामा कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। बिहीबार २२३ कम्पनीको १७ लाख ९१ हजार कित्ता सेयर किनबेच हुँदा ६३ करोड २४ लाख बढीको कारोबार भएको छ। बुधबार ४८ करोड ५४ लाख बराबरको कारोबार भएको थियो।
बिहीबार कारोबार भएका उपसमूहमध्ये १२ उपसमूह बढेका छन्। जीवन बीमा उपसमूह भने ०।०६ प्रतिशतले घटेको छ। कारोबारको आधारमा बिहीबार नेपाल इन्स्योरेन्स कम्पनी अग्रस्थानमा छ। कम्पनीको ४ करोड ४८ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बिहीबार केही दिन अघि मात्रै नेप्सेमा सूचीकृत भएको अभियान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
