• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १३ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १४ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

दूध बेचेर किसानले गाउँ भित्र्याए छ करोड

जानकारी केन्द्र २०७९, आश्विन, १४

गलकोट । बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै रु ६ करोड ११ लाख ६८ हजार तीन सय १६ गाउँमा भित्र्याउन सफल भएका हुन् ।

उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका कृषकहरुले मनग्य आम्दानी गर्दै आएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ वटा दूग्ध सहकारीमा आबद्ध किसानले आर्थिक वर्ष २०७८÷७९ मा सहकारीमार्फत दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्दा दीर्घकालीन रुपमा नै आम्दानी गर्न सफल भएका हुन् । दूध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला गाउँपालिका–५ का केशवप्रसाद कँडेलले बताए । उनी सृजना दुग्ध उत्पादक सहकारी संस्थाका सञ्चालकसमेत छन् ।

काठेखोला गाउँपालिका–६ स्थित नमूना दूग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरुले मात्रै दैनिक तीन सय दूध सहकारी सङ्घलाई बजारमा पठाउने गरेको किसान बालानन्द कँडेलले जानकारी दिए । “दूध उत्पादन मात्रै गरेर भएन, बिक्रीका लागि बजार टाढा छ, १० लिटर दूध लिएर बजार आउने कुरा भएन सहकारीमार्फत दूध बिक्री गर्दा दूध धेरै टिकाउन सकिने, दूध प्रशोधनपछि बिक्री नभएमा अन्य दुग्धजन्य पदार्थ उत्पादन गर्न सकिने भएकाले हाम्रो दूधको बजार सुनिश्चित भयो”, उनले भने, “सहकारीले दूधको रकम सहकारीमार्फत भुक्तानी गर्दा सहकारीको कारोबारका आधारमा नाफासमेत आउँछ, किसानलाई दूध ढुवानी र घाँस ढुवानीमा अनुदान आउँछ । साथै पशुका लागि प्राविधिक सल्लाह र उपचारसमेत सहकारीमार्फत नै हुँदा सहज भएको छ ।”

चौध वटा सहकारीका शेयर सदस्य रहेका किसानले गाउँ–गाउँमा सङ्कलन गरेको दूध एकमुष्ट बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ ।

बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका शेयर सदस्य किसानबाट रु छ करोड बढीको दूध खरिद गरेर बिक्री गरेको सहकारीका अध्यक्ष दीपक गौतमले बताए । चौध सहकारीमा आबद्ध करिब एक हजार चार सय किसानले एक वर्षमै रु छ करोडभन्दा बढी रकम आम्दानी गरेका हुन् ।

“किसानहरुले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुने मुख्य समस्या थियो, दूधलाई तापक्रम मिलाएर राख्नुपर्ने तथा दूध बिग्रेर खेर जाने समस्याका कारण किसानहरुले दूध उत्पादनका लागि ठूलो लगानी गर्न नसकेको अवस्था थियो”, अध्यक्ष गौतमले भने, “किसान विचौलियाको मारमा समेत पर्नाले धराशयी बन्ने अवस्था अन्त्य गर्न सहकारीमार्फत दूध सङ्कलन गरी सहकारीले नै घरघरमा दूध पु¥याउने कार्य गर्दै आएको छ, अहिले सहकारीले किसानबाट सङ्कलन गरेको तीन हजार लिटर दूध दैनिक बिक्री भइरहेको छ, हामीले थोरै मुनाफा राखेर अरू रकम किसानलाई दिँदा किसानलाई दुग्ध व्यवसायप्रति उत्साह भएको छ ।”

गौतमका अनुसार थोरै दूध उत्पादन गर्ने किसानले बजार टाढा भएकाले समस्यामा पर्ने भए पनि थोरै–थोरै दूध सहकारीमा जम्मा गरेर सहकारीमार्फत एकमुष्ट बागलुङ बजारमा ल्याउँदा बजारीकरणमा सहज भएका कारण किसानहरु उत्साहित बनेका हुन् । सहकारी २०५७ सालमा स्थापना गर्दा दूध सङ्कलन गरी ल्याउने र बिक्री नभएर नालीमा फाल्ने सहकारी अहिले दूधको ब्रान्ड नै बनाउनाका साथै १९ कर्मचारीलाई प्रत्यक्ष रोजगारीसमेत दिँदै आएको छ ।

दूधलाई एकत्रित गर्ने ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दूधजन्य पदार्थहरु जस्तै घीउ, नौनी, छुर्पी, लस्सी, पनिर र आइसक्रिम बनाएर बिक्री गर्ने काम गर्दै आएको सहकारी सङ्घका प्रबन्धक वैकुण्ठप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार सहकारीले आर्थिक वर्ष २०७८÷७९ मा मात्रै किसानलाई रु छ करोड ११ लाख दूध खरिद बापतको रकम भुक्तानी दिएको र सहकारी सङ्घले समेत रु ७४ लाख खुद बचत गर्न सफल भएको छ । बचत भएको रकमबाट किसानको पशु बीमा गर्ने, दूध तथा घाँस ढुवानी गर्ने तथा पशु प्रवद्र्धनात्मक काममा लगानी गर्ने सहकारी सङ्घले जनाएको छ ।

बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमा झन्डै एक हजार पाँच सय किसानले धेरै थोरै दूध बजारीकरणका लागि पठाउछन् । सङ्घले दूधसहित नौ प्रकारका दुग्धजन्य परिकार बिक्री तथा वितरणसमेत गर्दै आएको छ । तीमध्ये काठमाडौँमा छुर्पी निर्यात हुँदै आएका दुग्ध सहकारीका प्रबन्धक बैकुण्ठप्रसाद शर्माले जानकारी दिए । आर्थिक वर्ष २०७८÷७९ मा मात्रै रु पाँच लाख बराबरको छुर्पी काठमाडौँ निर्यात गरिएको छ ।

सहकारीले एक वर्षमा ८५ लाखको दही, आठ लाख ७८ हजारको घीउ, सात लाख १८ हजारको पनिरसमेत बिक्री गरेको छ । बागलुङलाई गुणस्तरीय छुर्पी उत्पादन हुने जिल्लाका रुपमा परिचय दिने गरी सहकारीले छुर्पी उत्पादनमा बढी जोड दिन थालेको छ ।

अहिले छुर्पीलाई सहकारी सङ्घले प्रतिकेजी एक हजार दुई सयमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानहरुले सहकारीमा आबद्ध भएर दूधको बजारीकरण गर्दा दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएको बताए ।
सहकारीको उपयुक्त मोडेलका रुपमा दुग्ध सहकारी विकास भएको र बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घ देशकै नमूना दुग्ध उत्पादक सहकारी सङ्घका रुपमा स्थापित रहेको राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक हुमाकुमारी जिसीले बताइन् । कृषक सदस्यले उत्पादन गर्ने, सहकारी संस्थाले सङ्कलन गर्ने र सहकारी सङ्घले दूध तथा प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री वितरण गरेर सहकारीको असल अभ्यास गरेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
यस्तो छ आजको मौसम पुर्वानुमान

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.