बन्द हुँदै गुगलको क्लाउड गेमिङ सर्भिस ‘स्टाडिया’
काठमाडौँ । गुगलले आफ्नो क्लाउड गेमिङ सेवा ‘स्टाडिया’ बन्द गर्ने भएको छ । गुगल स्टोरबाट यो सेवा लिन स्टाडियाको हार्डवेयर खरिद गरेका प्रयोगकर्तालाई गुगलले पैसा फिर्ता दिने पनि बताएको छ । प्रयोगकर्ताले रकम २०२३ को जनवरी महिनाको मध्यसम्म फिर्ता पाउन सक्ने अनुमान गरिएको छ । हाललाई भने सेवा बन्द हुने भए पनि प्रयोगकर्ताले जनवरी १८ सम्म यो सेवा प्रयोग गर्न सक्नेछन् ।
“हामीले केही वर्षअघि स्टाडिया नामक कन्जुमर गेमिङ सर्भिस सार्वजनिक गरेका थियौँ,” स्टाडियाका उपाध्यक्ष फिल ह्यारीसनले ब्लगपोस्टमा भनेका छन्, “स्ट्रिमिङ गेमिङ गर्ने उपभोक्ताका लागि अपग्रेडेड प्रविधि प्रयोग गरि तयार पारेका थियौँ । हामीले अपेक्षा गरे अनुसारको माग नभएपछि हामीले यसलाई सधैँका लागि बन्द गर्ने निर्णय लिएका छौँ ।” साथै उनले त्यहाँ काम गर्ने कर्मचारीलाई कम्पनीका अन्य शाखामा काम लगाउने पनि उल्लेख गरेका छन् ।
स्टाडियामा प्रयोग भएको प्रविधि गुगलका अन्य प्लेटफर्म जस्तै युट्युब, गुगल प्ले र यसका एआर इफोर्टमा प्रयोग गर्दा बढी अवसर रहेको ह्यारिसनको भनाइ छ । “यो सुविधा हाम्रा अन्य सेवामा लागू गर्नेछौँ जहाँ गेमिङको भविष्य रहेको छ ।” ब्लगपोस्टमा उल्लेख गरिएको छ ।
गुगलले यसका प्रयोगकर्तालाई गुगल तथा स्टाडिया स्टेबाट उपलब्ध गराउने बताएको छ । यसका लागि प्रयोगकर्ताले खरिद गरेको हार्डवेयर फिर्ता गर्नु पर्ने छैन । स्टाडिया प्रोको सब्स्क्रिप्सन लिने प्रयोगकर्ताले भने खर्च गरेको रकम फिर्ता पाउने छैनन् । यसको अर्थ स्टाडिया पूर्ण रूपमा बन्द नभएसम्म उनीहरूले गेममा एक्सेस पाउनेछन् ।
गुगलले स्टाडिया स्टोर पूर्ण रूपमा बन्द गरेपछि प्रयोगकर्ताले प्रयोगकर्ताले गेम र गेमसँग सम्बन्धित अन्य कारोबार गर्न सक्ने छैनन् ।
सम्बन्धित समाचार
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

