• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ बैशाख २०८३, मङ्गलबार
१५ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
  • ७ घण्टा 

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ९ घण्टा 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • १ दिन 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १ दिन 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • १ दिन 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • १ दिन 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • २. चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

  • ३. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ४. नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?

  • ५. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • ६. ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

  • ७. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

  • १०. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

चाडपर्वमा अपराधिक क्रियाकलाप रोक्न लुम्बिनी प्रदेशमा ८ हजार प्रहरी परिचालन

जानकारी केन्द्र २०७९, आश्विन, १७

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरीले चाड पर्व दशै, तिहारलाई लक्षित गर्दै ८ हजार १ सय ७६ प्रहरी परिचालन गर्दै सुरक्षा दिइरहेको छ । प्रदेश प्रहरी कार्यालय दाङले चाडपर्वका बेला हुने अपराधिक क्रियाकलापहरुलाई मध्यनजर गर्दै १९५० वटा टोलीलाई डियुटीमा विभिन्न क्षेत्र खटाएको छ ।

सम्भावित अपराधिक गतिबिधि नियन्त्रण तथा दुर्घटना रोक्नका लागि प्रहरीको उपस्थिति र सूचना संकलनको कामलाई प्रभावकारी बनाउन प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक नल प्रसाद उपाध्यायको कमाण्डमा प्रदेश कमाण्ड पोस्टसहितको सुरक्षा रणनिति बनाइ सुरक्षार्थ छन् । सुरक्षाको दौरानका ९ सय २७ वटा सञ्चार उपकरण , ठूला र साना हतियार २८ सय ७२ र तिनमा प्रयोग हुने गोली झण्डै २५ हजार परिचालन गरिएको छ भने ४ हजार ७३ वटा लाठी पनि प्रहरीले प्रयोग गर्ने गरी दशै तिहार सुरक्षा रणनीति बनाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

लभउब(िपजबलभउबलष्(कबलकतजबल(यिलन प्रदेश कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी नवरत्न पौडेलका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा ३ वटा प्रदेश रिर्जभ टोली, १२ वटै जिल्लामा कार्यालय प्रमुखको नेतृत्वमा कमाण्ड पोस्ट, २७ वटा जिल्ला रिजर्भमा ४ सय ८५ प्रहरीको परिचालन गरिएको छ । नागरिकको शान्ति सुरक्षालाई प्रभावकारी बनाउनका लागि प्रहरीले क्विक रेसपोन्स गर्ने गरी एक सय ५ वटा क्युआरटी परिचालन, कार्यालयको सुरक्षा गर्न प्रदेशभर ४ सय ७८ वटा टोलीमा १७ सय ४४ प्रहरी परिचालन गरेको छ । त्यस्तै, चार पाङग्रे मोबाइल गस्ती ८३ वटा, मोटरसाइकल गस्तीमा ४ सय ६१, पैदल गस्तीमा ४ सय ९१ प्रहरीलाई परिचालन गरिएको छ भने २८१ वटा पिकेट टोली आम नागरिकको सुरक्षामा खट्ने छ ।

सडक सुरक्षा, चोरी–तस्करी, लुटपाट, जबरजस्ती चन्दा संकलन, झै–झगडा, ठगि, सवारी दुर्घटना र ओभरलोड, हैरानी र अवैध हातहतियार एवं लागूऔषध ओसारपसार गर्ने सम्भावनालई मध्यनजर गर्दै नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजनाअन्तर्गत ट्राफिक सहितको संयुक्त चेकिङमा ८३ वटा टोली प्रदेशका विभिन्न क्षेत्रमा परिचालन भएका छन , त्यस्तै पर्वको समयमा पनि भिआइपी र भिभीअइपीको आवगमनलाई मध्यनजर गर्दै २८ वटा टोलीमा १६५ जना प्रहरी परिचालन गरिएको प्रदेश कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी पौडेलले जानकारी दिए ।

भिडभाड, बसपार्क, सीमा क्षेत्रमा ठगिने, लुटपाट हुने, हैरानी खेप्नुपर्ने जस्ता काम नहोस भन्नका प्रहरीको उपस्थिति र सूचना संकलनको कामलाई प्रभावकारी बनाउनका लागि १ सय १२ जना सादा पोसाकका प्रहरीहरु पनि तैनाथ गरिएको छ । यात्रुहरु सहजताका लागि सहजीकरण गर्न प्रदेशभरि ४३ वटा यात्रु सहायता कक्ष स्थापना भइ सेवा दिइरहेको कार्यालयले जानकारी दिएको छ ।

प्रहरीको अधिकतम प्रयोग गरी आम नागरिकको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनकै लागि बाहिरबाट पनि सुरक्षाकर्मी जिल्ला जिल्लामा पठाइएको । धार्मिक तथा पर्यटक स्गलहरुमा २५ वटा टोलीमा १३५ प्रहरी सुरक्षार्थ खटिएका छन, राजमार्गमा २७ वटा स्कटिङ टोली, लोक मार्गमा क्रस पेट्रोलिङ हतियार सहित ४९ टोली, २४ घण्टा राजमार्ग विशेष चेकिङमा ६१ टोली, ग्रामिण गस्तीमा १७२ वटा टोली प्रदेश भरि परिचालन भएका छन ।

आर्थिक कारोबार बढी हुने सुनचाँदी पसल, बैंक तथा वित्तीय संस्थामाथि सुरक्षा निगरानी बृद्धि गर्ने, स्वदेश फर्कने नेपालीहरुमाथि सीमा नाकामा हुनसक्ने हैरानी, लुटपाटलाई मध्येनजर राखी सुरक्षा सतर्कता बढाउने र नेपाल फर्कन सहजीकरण गर्ने, आवश्यकता अनुसार मुख्य राजमार्गमा रातको समयमा गस्ती र चेकिङ गर्ने कार्य भइरहेको छ । रातिको समयमा पनि ठाँउ ठाउमा गस्ती बढाइएको छ, यो समयमा चेकजाँच पनि बढि हुने भएकोले हाम्रै सुरक्षाको लागि हो भनि आम नागरिकले झन्झट रुपमा नलिन समेत प्रहरीले सबैलाई आग्रह गरेको छ ।

पर्वको समयमा केही नहोस भन्नकै लागि नागरिक सुत्दा पनि प्रहरी जागेर सुरक्षा प्रदान गरिरहेको हुन्छ । सामान्य अवस्थामा भन्दा अहिले सुरक्षाकर्मी बढाइएको छ । बजार अनुगमन गरी कालोबजारी गर्ने र कृत्रिम अभाव हुन नदिन प्रदेशभर ४२ वटा टोलीमा १ सय ६३ प्रहरी परिचालन गरी बजार अनुगमन टोलीमा पठाइएको छ । नेपाल प्रहरीका साथ साथै सशस्त्र प्रहरी बल, भारतीय प्रहरी, एसएसबी, सञ्चारकर्मी , उद्योगी–व्यवसायी, स्थानीयसँग समन्वय गरी पनि सुरक्षा प्रबन्ध मिलाइएको छ ।

अन्य समयमा भन्दा चाडपर्बमा बढी चोरीचकारी हुने,दुर्घटना बढने,झै झगडा गर्ने बढी हुन्छ, त्यसैले आम सर्बसाधारण पनि अलि सचेत र चनाखो हुनु पर्छ, प्रहरीको कार्यमा जनताको साथ पनि हुन जरुरी छ । नागरिक मात्र होईन कुनै पनि प्रहरीले सर्बसाधारणबाट अनुचित फाईदा लिने काम गरेको पाइए तत्काल उजुरी गर्नसमेत प्रहरीले आग्रह गरेको छ ।

प्रदेश प्रहरीको अलावा जिल्ला जिल्लाले पनि दशै तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना बनाई सेवामा छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि १ हजार २ सय ४८ जना प्रहरी परिचालन सहितको सुरक्षा रणनिति सहित फिल्डमा रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले बताए । ुशान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनकै लागि जिल्लमा थप ५० प्रहरी ल्याई भएको जनशक्तीको अधिकतम प्रयोग गर्ने गरी सुरक्षार्थ खटिएका छौ । सामान्य अवस्थामा भन्दा अहिले सुरक्षाकर्मी २० प्रतिशतले बढाइएको छ । यो दौरान नगरिक सुत्दा पनि प्रहरी जागेको हुन्छु, एसपी रेग्मीले भने ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले पनि दशै तिहारलाई लक्षित गर्दै लामोदुरीका सवारीसाधनमा चालकले मापसे वा लापसे गरेको छ छैन भनि चेकजाँचका साथै सवारीसाधनको यन्त्रिक चेकजाँच पनि गरिरहेकोे छ । सिमा क्षेत्र बेलहिया र भैरहवा वसपार्कबाट छुटेका गाडीहरुलाको चालकलाई ब्रेथलाइजरबाट मापसे र किटबाट लागुऔषध सेवन गरेको चेकजाच गरिरहेका ३ दिनबाट भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख केशव केसीले बताए ।।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ताजा

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.