काठमाडौँ । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा झण्डै १५ हजार बोकाको बली दिइएको छ ।
आज बिहानसम्म राजदेवी मन्दिरमा १५ हजार बोकाको बली दिइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मनोकामना पूरा हुने विश्वासका साथ भाकल गरेका भक्तजनहरूले राजदेवी मन्दिरमा बोकाको बली दिने गरेका छन् ।
बली चढाउन धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी र रौतहटका साथै छिमेकी देश भारतको बिहार राज्यका सितामाढी, मधुवनीसहितका विभिन्न स्थानहरूबाट समेत भक्तजन आउने गर्दछन् ।