सन्दीप लामिछानेद्वारा प्रहरीसामु आत्मसमर्पण, विमानस्थलबाट नियन्त्रणमा
काठमाडौं । प्रहरीको खोजीमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आत्मसमर्पण गरेका छन् । उनी दोहाबाट काठमाडौं आएर प्रहरीसामु आत्मसमर्पण गरेका हुन् । कतार एयरवेजको विमानबाट नेपाल ओर्लिएका लामिछानेलाई नियन्त्रणमा लिन प्रहरीले पूर्वतयारी समेत गरेको थियो ।
गएराति कतारबाट नेपाल आउने विमान चढ्नु अघि लामिछानेले आफू सरकारको आधिकारिक निकायमा प्रस्तुत हुने उल्लेख गरेका थिए । फेसबुकमा लेख्दै उनले प्रहरीलाई लिखित रुपमा जानकारी गराइसकेको र प्रहरीमा पुग्ने बताएका थिए ।
लामिछानेले आफूमाथि लागेको बलात्कारको आरोपबारे छानविनका लागि अनुसन्धान र कानूनी प्रक्रियामा सहयोग गर्ने उल्लेख गरेका थिए ।
सन्दीप लामिछानेमाथि कम उमेरकी युवतीलाई बलात्कार गरेको आरोपपत्र दर्ता भएको छ । १७ वर्षीय युवतीमाथि होटलमा बलात्कार गरेको आरोप लागेका सन्दीप लामो समय विदेशमा बसेपछि प्रहरीले इन्टरपोलमा समेत वारेन्ट जारी गरेको थियो । उनले आरोप अस्वीकार गर्दै आएका छन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
