बलिउड अभिनेत्री नोरा फतेहीले कतार विश्वकपमा प्रस्तुति दिने
काठमाडौँ । नोरा फतेही पछिल्लो समय निकै रुचाइएकी बलिउड अभिनेत्री हुन् । अभिनयसँगै उनको नृत्यको चर्चा हुने गर्छ । नोरालाई लिएर नयाँ खबर छ । पिंकभिल्लाका अनुसार कतारमा हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा उनले प्रस्तुति दिने भएकी छन् । यसअघि जेनिफर लोपेज र सकिराजस्ता विश्व सेलिव्रिटीले पनि विश्वकपमा प्रस्तुति दिइसकेका छन् ।
यसवर्षको फिफाको आधिकारिक गीतको म्युजिक भिडियोमा पनि नोरालाई दैख्न सकिनेछ । सकिराको वाका वाका र लाला लालाजस्ता चर्चित फिफाका गीतमा काम गरिसकेको रेडवान स्टुडियोले गीत निर्माण गर्दैछ । म्युजिक भिडियो मात्र नभएर समापन समारोहमा समेत नोराले प्रस्तुति दिने भएकी छन् । साथै हिन्दीमा गीत पनि गाउनेछिन् ।
विश्वकै ठूलो खेल मानिने उक्त समारोहमा प्रस्तुति दिने भएपछि नोराका प्रशंसक खुशि भएका छन् । विश्वकप फुटबल मंसिर ४ गतेदेखि कतारमा सुरु हुँदैछ । नोरा भने यतिबेला टिभी रियालिटी शो ‘झलक दिखालाजा’मा काम गरिरहेकी छन् भने केही फिल्मको डान्समा देखिनेछिन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
