• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ जेठ २०८३, आइतबार
०३ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अण्डाको उत्पादन घट्दा मूल्य भने बढ्यो
  • ६ घण्टा 

१० महिनामा नेपालमा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रियो
  • ७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ८ घण्टा 

२०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २३ घण्टा 

पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम
  • १ दिन 

विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण
  • १ दिन 

नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै
  • १ दिन 

विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने

  • २. नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै

  • ३. एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

  • ४. क्लासिक टेकप्रति आकर्षण बढ्दो, दुई महिनामै थपिए ३ हजारभन्दा बढी नयाँ ग्राहक

  • ५. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ६. भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा

  • ७. आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु

  • ८. बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन

  • ९. विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण

  • १०. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

कुन नेताले कहाँबाट उम्मेदवारी दर्ता गर्दै ?

जानकारी केन्द्र २०७९, आश्विन, २३

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । त्यसो त टिकटको टुंगो लागिसकेकाहरु मनोनयनका लागि तयारी गर्दैछन् भने कोही टिकटकै रस्साकस्सीमा छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आज मनोनयन दर्ता गर्दैछन् । उनको उम्मेदवारी दर्ताका लागि वारेस बनेर आरजु राणा डडेल्धुरा पुगिसकेकी छन् । डडेलधुरा जिल्ला अदालतमा रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयमा आरजुले शेरबहादुरको मनोनयन दर्ता गरिदिनेछिन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गर्दैछन् । दमक नगरपालिकाको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उनले मनोनयन दर्ता गर्न लागेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट निर्वाचन लड्ने भएका छन् । उनले आज भू तथा जलाधार व्यवस्थापन कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्दैछन् ।

नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल रौतहट १ बाट उम्मेदवार दर्ता गर्दैछन् । उनले जिल्ला सदरमुकाममा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न लागेका हुन् ।

नेकपा एमालेको तर्फबाट काठमाडौं ५ बाट टिकट पाएका इश्वर पोखरेलले टोखास्थित श्री समाज भवनमा बिहान ११ बजे उम्मेदवारी दर्ता गर्दैछन् । त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ काठमाडौं ८ बाट उम्मेदवारी दर्ता गर्दैछन् । उनले १२ बजे ताहाचलमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

त्यस्तै, कांग्रेसबाट काठमाडौं १ को टिकट पाएका प्रकाशमान सिंहले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मनोनयन दर्ता गर्दैछन् । कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ बाट मनोनयन दर्ता गर्दैछन् । उनले नक्सालस्थित ज्येष्ठ नागरिक स्याहार केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नेछन् ।

त्यस्तै, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा १ बाट चुनाव लड्दैछन् । उनले मेचीनगर नगरपालिकाको भवनमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्दैछन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ को जिल्ला समन्वय समितिको कार्यालयको भवनमा मनोनयन दर्ता गर्दैछन् ।

त्यस्तै, पूर्व प्रहरीमहानिरिक्षक सर्वेन्द्र खनालले नेकपा एमालेको तर्फबाट काठमाडौं ६ मा उम्मेदवारी दर्ता गर्दैछन् । उनले काठमाडौं ६ को निर्वाचन अधिकृतको कार्यालय रहेको तारकेश्वर नगरपालिकाको कार्यालयमा मनोनयन दर्ता गर्दैछन् ।

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही २ बाट उम्मेदवारी दर्ता गर्दैछन् । उनले बुटवल उपमहानगरपालिकामा मनोनयन दर्ता गर्न लागेका हुन् । कांग्रेस नेता रमेश लेखकले कञ्चनपुर ३ बाट टिकट पाएका छन् । उनले निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको भवनमा मनोनयन दिँदै छन् ।

त्यस्तै, एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही २ बाट निर्वाचन लड्दै छन् । उनले बुटवल उपमहानगरपालिकामा मनोनयन दर्ता गर्दैछन् ।

एमालेले टिकट नदिएको भन्दै पार्टी परित्याग गरेको घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले रुपन्देही १ बाट मनोनयन दर्ता गराएका छन् । उनलाई गठबन्धनले सहयोग गर्ने बचन दिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अण्डाको उत्पादन घट्दा मूल्य भने बढ्यो
१० महिनामा नेपालमा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रियो
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ताजा

अण्डाको उत्पादन घट्दा मूल्य भने बढ्यो

१० महिनामा नेपालमा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रियो

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.