राउटेले मनाए उधारो दसैं
सुर्खेत । राउटे मुखिया वीरबहादुर शाहीको नौजनाको परिवार छ। अघिल्ला वर्षहरूमा दसैं नआउँदै उनको छाप्रोमा चार–पाँचवटा खसी बाँधिएका हुन्थे।
दसैं अवधिभर ती खसी काट्थे। मुखिया भएकाले आफ्नो परिवारलाई मात्रै होइन, जनता ९समुदायका सबै० लाई पनि निम्त्याएर दसैंको भोज खुवाउँथे। यस पटक उनको दसैं उत्साहपूर्ण रहेन। सरकारले दिने सामाजिक सुरक्षाभत्ता नपाउँदा उनले खसीको सट्टा गाउँलेबाट दुईवटा बाख्री उधारोमा ल्याए।
‘बरु कोरोनाको बेला पनि यस्तो समस्या आएको थिएन,’ मुखिया वीरबहादुरले भने, ‘यो वर्षको दसैं राम्रो भएन।’ उनका अनुसार साउनयता भत्ता पाइएको छैन। ‘भत्ता भइदिएको भए बाख्रीको सट्टा खसी ल्याउँथ्यौं, सबै जनालाई भतेर ९भोज० दिन्थ्यौं,’ उनले भने, ‘स–साना दुईवटा बाख्री मात्रै काट्यौं, कसैलाई बोलाएर भतेर दिन पाइएन।’
सरकारले राउटे समुदायका प्रतिपरिवारलाई मासिक चार हजार रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन्छ। सो भत्ता आइदिएको भए वीरबहादुरको हातमा अहिले एक लाख दस हजार रूपैयाँ हुन्थ्यो। उनले त्यसैबाट दसैंका लागि चाहिने खसी किन्थे। खाद्यान्नको जोहो गर्थे। भत्ता नपाउँदा यो वर्षको दसैं राम्रोसँग मनाउन नपाएको राउटे समुदायको गुनासो छ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


