• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १४ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १५ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

हुलाकी सडक सञ्चालनमा पुल बाधक

जानकारी केन्द्र २०७९, आश्विन, २३

गोलबजार । सिरहा–धनुषा–सप्तरी खण्डमा करिब ९० प्रतिशत हुलाकी सडक कालोपत्र भएसँगै त्यस क्षेत्रमा सहरीकरण तीव्ररुपमा हुन थालेको छ । सडकमा कालोपत्र भएपछि प्रत्येक किलोमिटरमा नयाँ चोक निर्माण निर्माण भएको छ भने कतिपय पुरानो बजारले नयाँ स्वरुप लिएका छन् भने कतिपय सुनसान बनेका छन् ।

सप्तरीमा बोदे बर्साइन बजार, डिमन, पथरगडा, अर्नाहा, चन्ही चौक सिरहमा भगवानपुर, सोनवर्षा, बरयारपट्टी, औरही, सनहैठा, धनुषमा कमला, तिनकोरिया, लगमा, सघरा, औरही, भेललगायतका बजार क्षेत्रमा तीब्र गतिमा विकास भइरहेको छ ।

सहर विस्तारसँगै सडक क्षेत्रको जग्गाको मूल्य आकासिएको छ । सप्तरीका बलान बिहुल गाउँपालिका–२ चन्ही चौकमा १२ वर्षअघि काट्ठाको रु एक लाख ५० हजार पर्ने जग्गा अहिले कट्ठाको ४० लाख रुपैयाँमा करोबार भइरहेको स्थानीय रामशङ्कर भण्डारीले बताए । यस्तै कमला नगरपालिका वडा–४ सघरा बजार १५ वर्ष अगाडि कट्ठाको रु एक लाखमा पाइने जग्गा अहिले रु ६० लाख पर्न थालेको स्थानीय पमेश्वर दासले बताए ।

विदेह नगरपालिका–६ तिनकौरिया बजारमा पनि १२ वर्षअघि रु ५० देखि ६० हजारमा पाइने एक धुर जग्गा अहिले रु १३ लाखसम्ममा बिक्री हुन थालेको स्थानीय किशोर मण्डलले जानकारी दिए ।

मधेसको समृद्धिको संवाहक मानिएको यो सडक सुक्खा मौसममा धुलाम्मे र वर्षात्मा हिल्लाम्मे हुने गर्दथ्यो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको हुलाकी सडकमा पर्ने बजारको विकास भएसँगै ग्रामीण जनताको जीवनस्तर पनि उकासिएको छ ।

बजार विस्तारसँगै स्थानीय उपभोक्तालाई किनमेल गर्न सहज भएको छ । किनमेल गर्न लहान जानुपर्ने अवस्थाको अन्त्य भएको भगवानपुर गाउँपालिकाका जयनारायण यादवले बताउछन् । “पहिला–पहिला बजार क्षेत्रमा साँघुरो सडक र फुसको छाप्रो, त्यहीँभित्र स–साना पसल हुन्थ्यो”, बरियारपट्टीका शङ्कर साहले भने, “तर अहिले सडक फराकिलोसँगै ठूलठूला पक्की भवन र डिपार्टमेन्ट स्टोरहरु खुलेका छन् ।”

पुल नबन्दा सडक सञ्चालन हुन सकेन

सडक कालोपत्र गरिए पनि विभिन्न ठाउँमा बन्नुपर्ने पक्की पुलको निर्माण कार्य सम्पन्न हुन नसक्दा सडक सञ्चालनमा आउन सकेको छैन । सिरहामात्र होइन सप्तरी–धनुषाको ग्रामीण क्षेत्रको विकासमा अहिले सकमा पर्ने पुल बाधक बनेको छ । कमला, गागनलगायत केही नदीमा पुल निर्माणको काम पूरा नहुँदा तीनवटै जिल्लाका ग्रामीण क्षेत्र विकासमा पछि परेको छ ।

सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भत्किएको एक वर्षभन्दा बढी भइसक्दा पनि पुनःनिर्माण भएको छैन । यसले गर्दा अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको छ । सिरहा सदरमुकामबाट हुलाकी सडक भएर जनकपुरधाम पुग्न करिब ४५ मिनेट लाग्छ । तर, राजमार्ग भएर जनकपुरधाम पुग्न झण्डै तीन घण्टा लाग्छ । राजमार्गको दूरी लामो, गाठीको चाप भएकाले धेरै मानिस जोखिम मोलेरै जनकपुरधाम पुग्न हुलाकी सडक रोज्छन् ।

कमला नदीमा चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइ पुल निर्माणका लागि २०६८ सालमै पप्पु लुम्बिनी बिल्डर्सले २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का लिएको थियो । केही काम गरी सो कम्पनीले काम नगरेपछि सम्झौता रद्द गरी २०७६ असोज १ मा लुम्बिनी विल्डर्स कन्स्ट्रक्सनलाई जिम्मा दिइयो । एक वर्षअघि असारमा पहिलो पुल हस्तान्तरण गर्ने भनी निर्माण कम्पनीले तैयारी गरिरहँदा २०७८ असार १७ गते सामान्य बाढीले खम्बा भासियो र ढलानसमेत खस्यो । सरकारले पुल पुनर्निर्माण गर्न निर्देशन दिए पनि ठेकेदार कम्पनीले वास्ता गरेको छैन ।

हुलाकी सडक आयोजना जनकपुरधामका प्रमुख इञ्जिनीयर कृष्णा महतो भन्नुहुन्छ, “ठेक्का लिएकै कम्पनीले पुनःनिर्माण गर्छ । वर्षायाममा अर्को डिजाइन तयार पार्ने र हिउँदबाट काम सुरु गर्ने भनेको थियो । अब काम सुरू हुन्छ ।” यस्तै सिरहाको औरही गाउँपालिका–५ गागन नदीमा हिराचन रोशन कन्स्ट्रक्सन प्रालिमार्फत रोशन कन्ट्रक्सनले पुल निर्माणको काम गर्दै आएको छ । तीन वर्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुल निर्माणको काम कछुवा गतिमा बढ्दा स्थानीयवासी निराश बनेका छन् ।

सिरहा जिल्लामा बलान पुलदेखि कमला पुल २९. ८८ किलोमिटर, सप्तरी जिल्लामा कञ्चनरुपदेखि बलान पुलसम्म ३२ किलोमिटर, धनुषा जिल्लामा कमला पुलदेखि जनकपुरधामसम्म २७ किलोमिटर हुलाकी सडक खण्ड पर्दछ । राष्ट्रिय महत्वको यस आयोजना लामो समयसम्म पूर्ण नहुँदा तराई–मधेस क्षेत्रको आर्थिक विकासले गति लिन सकेको छैन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
यस्तो छ आजको मौसम पुर्वानुमान

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.