• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १६ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १७ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • २. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

  • ३. शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

  • ४. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • ५. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • ६. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ९. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • १०. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

नेपाली जहाजको युरोप यात्राको भविष्य कात्तिक ११ गते टुङ्गो लाग्ने

जानकारी केन्द्र २०७९, आश्विन, २४

काठमाडौं । पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ। सन् २०१३ देखि युरोपेली सङ्घ ९ईयू०को कालोसूचीमा रहेको नेपालबारे दुई दिन अध्ययन तथा अनुगमन गरेर फर्किएको ईयूको प्राविधिक सहयोग टोलीले कात्तिक ११ गते प्रतिवेदन बुझाउने भएको छ।

कालोसूचीबाट हटाउन नेपालले हवाई सुरक्षामा गरेको प्रगतिबारे पुनः अध्ययन गर्न आठ वर्षपछि नेपाल आएको उक्त टोली स्थलगत अध्ययनको काम सकेर फर्केको छ। दशैँको टीकाका दिन नेपाल आएको उक्त टोलीले असोज २० र २१ गते अध्ययन तथा अनुगमन गरेको थियो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ०ले गरेको मूल्याङ्कन र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा औसतभन्दा उच्च अवस्था देखिएपछि नेपाल आएको उक्त टोलीले गरेको अध्ययन तथा अनुगमनपछि नेपाली वायुसेवा कम्पनी युरोपमा उड्न पाउने नपाउनेबारे चाँडै निर्णय हुने भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार नेपालले सन् २०१३ यता हवाई सुरक्षामा राम्रो सुधार गरिसकेको र आइकाओले समेत त्यस्तै प्रतिवेदन दिएकाले ईयूको टोली नेपालको हवाई सुरक्षाप्रति सन्तुष्ट देखिएको छ। उनले भने, “स्थलगत अध्ययनमा आएको टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रको अध्ययन गरेर फर्किएको छ। अक्टोबर २८ मा उसको रिपोर्ट आउनेछ।” नेपालले हवाई दुर्घटना न्यूनीकरणसम्बन्धी नियमावलीको मस्यौदा र हवाई सुरक्षासँग जोडिएका नियमसमेत संशोधन गरिसकेकाले अध्ययन गरेर फर्किएको टोली नेपालप्रति सकारात्मक रहेको उनको भनाइ छ।

उनले भने, “आइकाओका हवाई सुरक्षा सुधार ६० प्रतिशत वा सोभन्दा माथि रहनुपर्नेमा नेपालको विस्तृत सुरक्षा परिपालन दर ७०।१ प्रतिशत रहेकाले प्रतिबन्धबारे ईयूले निर्णय पुनर्विचार गर्ने आशा गरिएको हो।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल ईयूको कालोसूचीबाट हट्ने अपेक्षाअनुसार नेपालबाट स्विट्जरल्यान्ड, इन्डोनेसिया र अमेरिकासँग सिधा हवाई उडानबारे समेत छलफल भइरहेको छ। नेपाल र स्विट्जरल्यान्डको नागरिक उड्डयन प्राधिकरणबीच हवाई सेवा सम्झौता प्रक्रिया अगाडि बढाउनेबारे छलफल भइसकेको छ।

स्विस प्राधिकरणसँग भएको प्रारम्भिक छलफलमा नेपाल र स्विट्जरल्यान्डबीच डिसेम्बरमा हवाई सम्झौता हुने र कोड सेयर सम्झौतामार्फत स्विस इन्टरनेसनल एयरलाइन्सले सिङ्गापुरको सिङ्गापुर एयरलाइन्स र भारतको भिस्टारा एयरमार्फत नेपालमा उडान गर्न सक्ने भएको छ। आइकाओको क्यानडामा सम्पन्न सम्मेलनमा नेपाल र स्विट्जरल्यान्डबीच उक्त समझदारी भएको हो। सम्झौताअनुसार नेपाली वायुसेवा कम्पनी स्विट्जरल्यान्ड जान सक्नेछन्। स्विट्जरल्यान्डसँग हवाई सम्झौता भने डिसेम्बरमा नाइजेरियामा आयोजना हुने आइकाओको बैठकमा हुने भएको छ।

नेपालले मध्यपूर्वी एसियाली मुलुक इन्डोनेसियासँग पनि छिट्टै हवाई सेवा सम्झौता तयारी गरिरहेको छ। त्यस्तै गरी संयुक्त राज्य अमेरिकासँग पनि द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी रहेको प्राधिकरणले जनाएको छ। ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले हाल २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। सन् २०१० मा एकै वर्ष तीनवटा विमान दुर्घटना र सन् २०११र१२ मा एक–एक विमान दुर्घटना भएपछि सन् २०१३ डिसेम्बर ५ गतेदेखि ईयूले नेपाललाई कालोसूचीमा राख्दै आएको छ।

ईयूले त्यस्तो प्रतिबन्ध लगाउँदा आइकाओको प्रतिवेदनलाई आधार मानेको थियो। आइकाओले भने चार वर्षपछि सन् २०१७ को जुलाईमा नेपालको प्रतिबन्ध फुकुवा गरिसकेको छ। कालोसूचीका कारण हाल नेपाली वायुसेवा ईयूअन्तर्गतका कुनै पनि देशमा जान पाएका छैनन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
यस्तो छ आजको मौसम पुर्वानुमान

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.