काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुन व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज उक्त मूल्यले सुनको भाउ घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ थियो ।दसैं विदापछि पहिलोपटक आइतबार खुलेको सुनबजारमा एकैपटक ३ हजार रुपैयाँ प्रतितोलाले मूल्य बढेको थियो । त्यसयता भने लगातार दुई दिन मूल्य घटेको छ । हिजो सोमबार सुनको मूल्य ८०० रुपैयाँले ओरालो लागेको थियो ।