हरिवंश आचार्य भन्छन्–चुनावमा हामीबाट प्रचार–प्रसारको आशा नगर्नुस्
काठमाडौँ । कलाकार हरिवंश आचार्यले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसारका लागि आफुहरुसँग कुनै आस नगर्न आग्रह गरेका छन् ।
देशमा निर्बाचन नजिकिदै जाँदा मित्र, आफन्त, नाता तथा आत्मिय व्यक्तिहरु उम्मेदवार बन्ने र त्यसबखर आफुहरुसँग चुनाबमा मद्दत गरिदेला वा आफ्नो पक्षमा भोट मागी देला भनेर आसा गर्नु स्वभाविक भएपनि आफुहरु चुनावको प्रचार–प्रसार गर्न नसक्ने बताएका छन् ।
सामाजिक संजालमा आचार्यले लेखेका छन्,
कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन् ।
कति सङ्ग गहिरो मित्रता हुन्छ ।
कति संग नाता गासिएको हुन्छ ।
देशमा जब निर्बाचन नजिकिन्छ । त्यसबखत ति मित्रता, ति नाता र आत्मिय सम्बन्ध गासिँएका ब्यक्तिहरु निर्बाचनमा उमेद्वार बन्दछन् । त्यसबखत हामी सङ्ग केही आशा राख्नु स्बभाबिक हो । मलाई चुनाबमा मद्दत गरिदेला वा मेरो पक्षमा भोट मागी देला भनेर ।
तर हामी सबै राजनितिक दल, सबै उम्मेदवारका साझा मानिस हौ । ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।
तर कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिदैन यो हाम्रो बाध्यता हो । त्यसैले मित्रता, आत्मियता, नातालाई पबित्र नै राखि चुनाबमा हामीबाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु ।’
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


