फेसबुक सञ्चालक कम्पनी मेटा रुसको आतंकवादी सूचिमा, अदालतको अपील अस्वीकार
काठमाडौं । रुसको वित्तिय निगरानी गर्ने संस्था रोजफिन मोनिटरिङले अमेरिकी प्रविधि कम्पनी मेटालाई आतंकवादी र चरमपन्थीको सूचीमा राखेको छ । मेटा इन्टरनेट मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गर्ने कम्पनी हो। रुसले मार्चमा फेसबुक र इन्स्टाग्राम प्रतिबन्ध लगाएको थियो । मस्कोको एक अदालतले रुसी निर्णयलाई पुनर्विचार गर्न गरिएको मेटाको अपील अस्वीकार गरेको छ ।
अदालतको निर्णयसँगै मेटाले रुसमा तालिवान र रुसकै विपक्षी समूहहरूजस्तै आतंकवादीजस्तै आतंकवादी र अतिवादीको सूचिमै रहनेछ भने प्रयोगकर्ताले सहजै यसबाट सञ्चालित सामाजिक सञ्जालको प्रयोग गर्न पाउनेछैनन् । इन्टरफ्याक्स समाचार संस्थालाई हवाला दिँदै अलजजिराले मेटाका वकिलले आफ्नो प्लेटफर्ममा कुनै चरमपन्थी गतिविधि नचलाइएको स्पष्टीकरण दिएको उल्लेख गरेको छ । मार्चदेखि नै रुसमा फेसबुक चल्न छाडे पनि कतिपय प्रयोगकर्ताले भीपीएनमार्फत चलाइरहेका छन् ।
रुस(युक्रेनबीच बढ्दो तनावलाई मध्यनजर गर्दै रुसले अमेरिकाको चर्चित प्रविधि कम्पनी मेटाविरुद्ध प्रतिबन्ध लगाएको हो । यसबारे मेटाले कुनै प्रतिक्रिया दिइसकेको छैन । रोसफिन मोनिटरिङले जारी गरेको सूचीमा अतिवादी र आतंकवादी गतिविधिमा संलग्न रहेको नाम र संगठनको विवरण खुलाइएको छ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
