Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

बेलायती राजा चार्ल्सको राज्याभिषेक आउँदो मे ६ मा हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २६
बेलायती राजा चार्ल्सको राज्याभिषेक आउँदो मे ६ मा हुने

काठमाडौँ । बेलायती राजा चार्ल्स तृत‍ीयको राज्याभिषेक आउँदो मे ६ मा हुने भएको छ। वेष्टमिनिस्टर एबीमा राज्याभिषेक समारोह हुने बेलायती राजदबारले जानकारी दिएको हो। ऐतिहासिक समारोहमा क्यामेलिया, द क्वीन कन्सोर्टसमेत सहभागी हुनेछिन् र उनलाई पनि मुकुट पहिर्‍याइने छ।

महारानी एलिजाबेथ द्वितीयको निधनपछि चार्ल्स राजा बनेका थिए। राज्याभिषेक समारोह उनको शासनको सांकेतिक समारोहमात्रै हो। बेलायतमा ७० वर्षपछि पहिलोपटक राज्याभिषेक समारोह हुन लागेको हो। यसअघि सन् १९५३ को जुमा एलिजाबेथ द्वितीयको राज्याभिषेक समारोह भएको थियो।

Top Changing Nepal

युट्युब सट्स