• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

खराब मौसमका कारण पर्यटन क्षेत्र प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण यस वर्षको शरद ऋतुमा विभिन्न हिमाल आरोहण र पदमार्गमा गएका तीन जनाले ज्यान गुुमाएका छन् भने सयौँ पर्यटक प्रभावित भएका छन् ।

खराब मौसमका कारण मनास्लुको आधार शिविरसहित विभिन्न क्याम्प पुगेका आरोही आरोहण पूरा नगरी फर्किन थालेका छन् । यस सिजनमा ४०४ जनाले आरोहण अनुमति लिएको मनास्लुमा झन्डै एक सय जतिले मात्रै आरोहण पूरा गरेको पर्यटन विभागले जनाएको छ ।

भदौ ८ गतेदेखि हिमाल आरोहण खुला भए पनि सुरुदेखिको बिग्रँदो मौसमका कारण विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनले मनास्लुमा स्की गर्ने क्रममा ज्यान गुमाएकी छन् । त्यस्तैगरी शेर्पा गाइड अरुण राईले समेत मनास्लुमा ज्यान गुमाएका छन् । असोज २० गतेदेखि लार्केपासमा हराइरहेका गाइड ३८ वर्षीय पुस्तर पुछेत्तर  शेर्पा पाँच दिनपछि मङ्गलबार मृत अवस्थामा फेला पर्नुभएको छ । उहाँको शव गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँस्थित धर्मशाला नजिकै भेटिएको हो ।

सोमबारसम्म मनाङमा फसेका ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । विभागका अनुसार यस वर्ष मनास्लुमा मुख्य आकर्षण देखिए पनि निरन्तरको बाक्लो हिमपात, दुई पटकको हिमपहिरो पर्दा आरोहण बन्द गरिएको छ । अन्य हिमालमा समेत खराब मौसमका कारण उल्लेख्य आरोहण हुन नसकेपछि आरोही फर्किन थालेका छन् ।

प्रतिकूल मौसमकै कारण हवाई उडानमा समेत असर पुग्दा आधार शिविर, लुक्ला, रामेछापको मन्थलीलगायतका क्षेत्रमा आरोही रोकिएका छन् । विभागका निर्देशक युवराज खतिवडाले यस पटक खराब मौसमका कारण मनास्लुमा मुस्किलले १० प्रतिशत पर्यटकले मात्रै आरोहण पूरा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिकूल मौसमका कारण आरोहण, ट्रेकिङमा उल्लेख्य असर पुगेको छ । विभिन्न ठाउँमा पर्यटकहरू रोकिएका छन् । कतिपय स्थानमा आरोही पसेका छन् । खराब मौसमकै कारण हवाई उद्वार हुन सकेको छैन ।”

मनास्लु क्षेत्रमा जारी बाक्लो हिमपातले सामागाउँसम्म नै ढाकेपछि धेरैजसो आरोही फर्किसकेको र केही आरोही फर्किन उपयुक्त मौसमको पर्खाइमा रहेका छन् । खराब मौसमका कारण उडान नहुँदा मन्थलीमा झन्डै आठ सय र लुक्ला क्षेत्रमा दुई हजार पर्यटक रोकिएको निर्देशक खतिवडाले जानकारी दिनुुभयो । यस वर्ष विभिन्न ३१ वटा हिमाल आरोहणका लागि ९५ समूहका ७८५ जनाले अनुमति लिएका छन् । शरद ऋतुका लागि सगरमाथा, धवलागिरि, हिमलुङ, मनास्लु, न्युप्से, सरिबुङलगायतका हिमाल आरोहणका लागि खुला गरिएको थियो । अन्य हिमालमा आरोहण सकिए पनि हिमलुङ र अमादब्लममा भने अनुमति दिने क्रम जारी रहेको छ ।

हालसम्म अनुमति पाउनेमा ५९७ पुरुष र १८८ जना महिला आरोही रहेका छन् । यस पटक आरोहण अनुमतिबाट सरकारले छ करोड ५९ लाख ९३ हजार ५२४ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

विभागको तथ्याङ्कअनुसार गत वर्ष यस सिजनमा नेपालसहित ६७ देशका ८३ समूहले २८ हिमाल आरोेहणका लागि अनुमति लिएका थिए । गत वर्ष आरोहण अनुमति लिनेमा १३२ जना महिला र एक हजार ८४ जना पुरुष गरी कुल एक हजार २१६ जनाले अनुमति लिएका थिए ।

गत वर्ष अनुमति लिएकामध्ये ६४७ जना पुरुष र ११५ जना महिलाले आरोहण पूरा गरेका थिए । सो समयमा आरोहणबाट सरकारलाई चार करोड ६७ लाख आठ हजार ७२२ रुपियाँ राजस्व प्राप्त भएको थियो ।

विभागले दुई सिजनमा गरी मार्च, अप्रिल, मे महिनामा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा पर्ने शरद ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    नेप्से आज घट्यो कि बढ्यो ?
    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.