• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३१ असार २०८३, बुधबार
३१ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १० घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १३ घण्टा 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • १ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • १ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • १ दिन 

आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
  • १ दिन 

युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
  • १ दिन 

नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • २. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ३. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • ४. सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

  • ५. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

  • ७. नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

  • ८. नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

  • ९. क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

  • १०. गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

बलेवामा धान काट्ने र न्वागी खाने अठारौँ शताब्दीको परम्परा

जानकारी केन्द्र २०७९, आश्विन, २६

बलेवा । बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन आगामी कात्तिक ४ गतेका लागि तोकिएको छ । बलेवा भूमेकोटअन्तर्गत सबै वडाका खेतमा लगाइएको धान काट्ने समय तोकिएको हो । स्थानीय भाषामा पुली र संस्कृत भाषामा धान्य छेदन भनिने यो परम्परा जिल्लाको बलेवा क्षेत्रका लागि हो । स्थानीय जातको गुडुरा धान काट्न आउँदो कात्तिक ४ गते बिहान ९ बजेलाई शुभ दिन तोकिएको छ ।

पुली लिने भनिने यस दिनलाई यहाँका स्थानीयले एक पर्वकै रूपमा मनाउने गरेका छन् । बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ज्योतिषी लेखनाथ पौडेल र सुवासचन्द्र पौडेलले ज्योतिषशास्त्रका आधारमा धान काट्ने दिन अर्थात् धान्य छेदनका लागि कात्तिक ४ गते शुभमुहुर्त तोकेका हुन्। अघिल्ला वर्षहरूमा पनि ज्योतिषी पौडेलको नेतृत्वमा एवं अमलाचौरका ज्योतिषी रामकृष्ण पाठक, विष्णुप्रसाद पाठक र विष्णुप्रसाद पौडेलेको परामर्शमा यी दिनहरू तोक्ने गरिन्थ्यो ।

दसैँको महानवमीका दिन बलेवा कोटभैरवस्थित कोटघरमा आयोजना हुने एक विशेष समारोहका बीच पुली लिने र नयाँ धानको चामल प्रयोग गर्ने पहिलो दिन अर्थात् न्वागी खाने दिनसमेत तोक्ने गरिन्छ । कात्तिक १९ गते बिहान ९ बजे नयाँ धानको चामल खाने अर्थात् न्वागी खाने उत्तम समय रहेको पनि सोही दिन तोकिएको छ ।

महानवमीका दिन नवदुर्गाको विशेष पूजाका साथै बलेवा कालभैरवको मन्दिरमा मेलाका लागि जम्मा हुने सर्वसाधारणलाई भैरवस्थानका पण्डित तथा ज्योतिषीले गरेको निर्णय कोटभैरव गुठी व्यवस्थापन समितिले जानकारी गराउने परम्परा छ । यहाँका किसानले आफ्नै खेतमा लगाएको धान काट्न पनि यो १८औँ शताब्दीको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका छन् । महानवमीका दिन नयाँ धान काट्ने र न्वागी खाने दिनको शुभ मुहूर्त सार्वजनिक गरिन्छ र बलेवालीहरूले पनि तिनै दिनहरूमा उक्त कार्य गर्ने गर्दछन् ।

यहाँका अमलाचौर, पैयूँपाटा, नारायणस्थानसहितका साविकका छवटा गाउँ विकास समितिलाई १८औँ शताब्दीमा बलेवा राज्य मानिन्थ्यो । बलेवा कोटले छवटै गाविसका किसानलाई धान काट्ने र नयाँ चामल खाने दिन तोक्ने चलन चलेको र त्यसैलाई निरन्तरता दिँदै आइएको छ । बलेवामा बाइसे–चौबीसे राजाका पालामा विसं १८४२ मा बलेवा कालभैरव स्थापना गरिएको इतिहासका अध्येता डा आरुणी आचार्यको खोजमा भेटिन्छ । त्यसयतादेखिको यो परम्परा अहिलेसम्म पनि बलेवा क्षेत्रमा कायम रहेको छ ।

“आफूले करिब छ दशकअघिदेखि यो धान्य छेदन र नवान्न प्रासानको मिति कोटले तोक्ने चलन रहेको”, बताउन्छन् बागलुङ नगरपालिका वडा नं १२ का पूर्व वडाध्यक्ष गुरुदत्त पाठक । उनले भने, “अहिले पनि यहाँका छवटै गाविसका पाका पुराना एवं जानकारहरू जम्मा भएर ज्योतिषीय परामर्शमा मिति तोकिन्छ र यी मितिलाई यहाँका स्थानीयले एक महत्वपूर्ण सूचनाका रूपमा ग्रहण गर्ने गर्दछन् ।”

तर पाठक भने बलेवाकोटको स्थापना विसं १७८० मा नै भएको आफूले पाएको उनको भनाई छ । “यस विषयको लिखत त हामीले भेटेका छैनौँ, मन्दिरमा पनि यसको लिखत भेटिँदैन । तर हामीले यस मन्दिर स्थापनाका बारेमा गरेको खोज र पाका पुरानाहरूसँगको परामर्शमा यो मन्दिरको स्थापना विसं १७८० मा भएको पाएका छौँ ।” उनले भने । विसं १७८० भदौको पहिलो मङ्गलबार यसै स्थानमा मन्दिर स्थापना गरी हरेलो गरिएको र त्यसै दिनदेखि मङ्गलबार नै भैरवस्थानमा पूजा गर्ने प्रचलन सुरु भएको अहिलेसम्मको खोजबाट भेटिएको उनले जानकारी दिए ।
बलेवा कोटभैरवमा पुली दिने र न्वागी खाने दिन तोक्ने काम त्योभन्दा पनि अघिबाटै हुने गरेको आफूले पाएको अमलाचौरका स्थानीय ज्योतिषी विष्णुप्रसाद पाठकको भनाई छ । उनले पनि आफ्ना जिज्यूबाजे राछुदेव पाठक यही कोट भैरवमा गएर शुभ मुहूर्त हेरेर न्वागी, पुलीका दिन खुट्याउने प्रचलनको सुरुआत गरेको बताए । त्यस समयको बलेवा राज्यका प्रमुखले आफूले लगाएका खेती भित्र्याउने तथा नयाँ अन्न खाने दिनको सुरुआत गर्ने दिनका लागि ज्योतिषी खोज्ने क्रममा मन्दिरको नजिकै रहेका आफ्ना पुर्खाहरूले सो कार्यको थालनी गरेका पाठकको भनाई छ ।
उनका अनुसार राछुदेव पाठकका छोरा शिवै पाठक, उहाँका छोरा वैदु, उहाँका छोरा जग्गुबल्लभ र जग्गुबल्लभका छोरा घनश्याम तथा घनश्यामका छोरा दयारामसम्मका आफ्ना पुस्ताले कोटमा गएर अन्य पाठपूजाका साथै ती कार्यका मुहूर्त हेर्ने गरेको आफूलाई आफ्ना हजुबुवाले सुनाएको बताउन्छन् । आफ्ना जेठाबुवा ज्योतिषी दयाराम पाठकसँगै आफू पनि सो कार्यमा संलग्न हुँदै आएको र आफ्ना पाँच पुस्ताअघिका पुर्खाहरू नै यस कार्यमा संलग्न भएका आफ्नो अनुसन्धानबाट प्राप्त भएको ज्योतिषी विष्णुप्रसाद पाठकको भनाइ छ । विष्णुप्रसादका हजुरबुबा घनश्याम र जेठाबुवा दयारामले त्यतिबेलासम्म बलेवा क्षेत्रको कोटमा आएर सल्लाह दिने चलन रहेको र दयारामपछि भने कोटमा अन्य क्षेत्रबाट पनि ज्योतिषीहरू बलेवा कोट भैरवमा गई यस परम्पराको निरन्तरता दिने गरेको भनाइ छ ।

यहाँ कोटले तोकेको दिन पुली नलिने र न्वागी नखानेहरू निकै कम छन् । पुली लिएपछि मात्रै धान काट्ने र न्वागी खाएपछि मात्रै नयाँ चामलको प्रयोग गर्ने प्रचलनलाई यहाँका स्थानीय किसानले मान्यता दिँदै आएका छन् । स्थानीय ९४ वर्षीय ज्योतिषी रामकृष्ण पाठक कोटले तोकेका दिन सबैले मान्ने गरेका बतान्छन् । यी दिनहरूको पालना नगर्नेलाई समाजले पनि राम्रो मान्दैन र आफूले लगाएको नयाँ खेती भित्र्याउने शुभदिनको खोजीमा जो–कोही पनि हुने गरेका र वैदिक विधि नपु¥याई धान काट्ने र नयाँ चामल खाँदा प्राकृतिक प्रकोपहरूको सामना गर्नुपर्ने विश्वास रहिआएकाले ज्योतिषीहरू बसेर निकालेको यही शुभ मुहूर्तमै धान काट्ने र न्वागी खाने परम्परा निरन्तर रहेको उनको अनुभव छ ।

पहिले–पहिले पुली र न्वागी स्थानीय जातको धानमा मात्रै लागू हुने गरेको भए पनि पछिल्लो समय विकासे हाइब्रिड धान लगाएका किसानले समेत सोही संस्कृति पछ्याइरहेका ज्योतिषी लेखनाथ पौडेलले बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

ताजा

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.